English

पीसीआर परीक्षण गरेकामध्ये दैनिक २५ प्रतिशतमा कोरोना



नेपालमा आज थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६ सय १६ जनामा परीक्षण गर्दा २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १५ जनाको पीसीआर र ३ हजार ९ सय १ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ७ लाख २४ हजार ४ सय ५५ पुगेको छ भने ६ लाख ३६ हजार ४ सय २ जना पूर्ण स्वास्थ्यलाभ गरी घर फर्किएका मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको डा. अधिकारीले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा संक्रमण भइरहेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको छ । उनका अनुसार नेपालमा संक्रमणदर १९.२ प्रतिशत रहेको छ ।

स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए

पछिल्लो २४ घन्टामा स्वास्थ्यलाभ गरेर घर फर्कनेको संख्या १ हजार ४ सय ७५ पुगेको छ । योसँगै ६ लाख ३६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज ३० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।
डा. अधिकारीका अनुसार २४ हजार ३ सय ४० जना होम आइसोलेसन, २ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसन, ६ सय २७ जना सघन उपचार कक्ष र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौँ उपत्यकामा ६९७ जना थपिए

काठमाडौँ उपत्यकामा ६९७ जना संक्रमित थपिएका छन् । ललिपुरमा १२८, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना संक्रमित थपिएका हुन् । डा. अधिकारीले अझै पनि धेरै व्यक्ति संक्रमित आशंकामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताए । ‘जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ’, उनले भने, ‘ त्यसैले संक्रमितको संख्या पत्ता लगाउन परीक्षणको दायरा बढाउनुपर्छ ।’

उनले सबै नागरिकलाई खोप उपलब्ध गराउने बताए । यद्यपि, खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै संक्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
उनले अहिले पनि अस्पतालमा कोभिड–१९ का संक्रमित आउने क्रममा कमी नआएकाले सचेत रहन आग्रह गरेका हुन् । कोभिड–१९ संक्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न समेत सल्लाह दिएका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।