English

गर्मीमा घरलाई प्राकृतिक तरिकाले कसरी शीतल बनाउने ?



अशोक शाह, इन्टेरियर डिजाइनर

मौसमअनुसार घर गर्मीमा शीतल, जाडोमा न्यानो होस् भन्ने चाहना सबैको हुन्छ । यतिबेला नेपालमा गर्मी मौसम चलिरहेको छ । गर्मीका कारण घरभित्र बस्दा पङ्खा र एयरकन्डिसन चलाउनु पर्ने बाध्यता छ । आजकाल सबै घरहरु कंक्रिटबाट बनेका छन् । घामले तातेको कंक्रिटको घर छिट्टै नसेलाउने भएकाले अबेरसम्म तापक्रम वृद्धि भएर गर्मी महसुस भइरहन्छ । त्यसैले गर्मी मौसममा घरलाई कसरी शीतल बनाउने त ? मुस्कान इन्टेरियर प्रा.लि.का म्यानेजिङ डाइरेक्टर तथा इन्टेरियर डिजाइनर अशोक शाहको सुझाव यस्तो छ ।

घरलाई प्रकृतिक रुपमा शीतल राख्न हावा आवतजावत गर्ने ठाउँ राम्रो हुनुपर्छ बताउँछन् । हावा आवतजावत गर्ने वातावरण मिलेको छैन भने घर गुम्म र उकुसमुकुस हुन्छ जसले गर्मी बढाउँछ ।

घर बनाउँदा नै तापक्रम तातो चिसो कायम राख्न सक्ने गरि बनाउन सकिन्छ । ५ इन्चको वाल भयो भने त्यसबाट तापक्रम भित्र पस्न सक्छ । त्यसैले, घर बनाउँदा ५ इन्च भन्दा मोटो वाल लगाइयो भने गर्मी तथा जाडो दुवैबेला तापक्रम सामान्य हुन्छ ।

यसैगरी, घरको वरपर खाली जग्गा छ भने त्याहाँ बोटबिरुवा रोप्नु पर्छ र भाडामा बस्नेहरुले बार्दली वा कोठामा पनि गमला राखेर इन्डोर प्लान्टहरु रोप्न सक्छन् । ती बोटबिरुवाले गर्दा अक्सिजनको प्रवाह राम्रो हुन्छ, र घर वरपरको वातावरण शीतल हुन्छ । इन्डोर विरुवाहरुमा मनी प्लान्ट, घ्यु कुमारी, पिसलिली, स्पाइडर प्लान्ट, स्नेक प्लान्टहरु पर्छन् । जसले घरभित्र शीतलता प्रदान गर्न सहयोग गर्छन् ।

अर्को कुरा घर बनाउँदा नै तापक्रम तातो चिसो कायम राख्न सक्ने गरि बनाउन सकिन्छ । ५ इन्चको वाल भयो भने त्यसबाट तापक्रम भित्र पस्न सक्छ । त्यसैले, घर बनाउँदा ५ इन्च भन्दा मोटो वाल लगाइयो भने गर्मी तथा जाडो दुवैबेला तापक्रम सामान्य हुन्छ । ढलान गर्दा पनि अलि बाक्लो गर्नु पर्छ । छाना प्रयोग भएको घरहरुमा सिमेन्ट प्रयोग भएको घर भन्दा धेरै गर्मी हुन्छ । त्यसलाई नियन्त्रण गर्न फलसिलिङको प्रयोग गर्नुपर्छ ।

घरमा पार्केटिङ गर्दा पनि कोठाहरु शीतल हुन्छ । यस्तै, वालको कलर पनि फिक्का हुनुपर्छ । गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनुपर्छ ।

घरमा पार्केटिङ गर्दा पनि कोठाहरु शीतल हुन्छ । यस्तै, वालको कलर पनि फिक्का हुनुपर्छ । गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनुपर्छ । घरमा राखिएका विजुलीको चिमले पनि फरक पार्छ । त्यसैले साधारण खाले चिम अर्थाल बल्बको सट्टा सिएफएल अर्थात लाइट कलरका बत्तीहरु राख्दा कोठा शीतल हुन्छ ।

यस्तै, बेडमा सुतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ । कोठा सकेसम्म खुल्ला राख्नु पर्छ । कोठामा अनावश्यक सामग्री राख्नु हुँदैन । एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्छ । घरको कोठाहरुलाई तातो हुन नदिन बत्ती, ग्याँस, कम्प्युटर, ओभन जस्ता तापका स्रोतहरु धेरैबेर चलाउनु हुँदैन । कोठाहरुको भेन्टिलेसन खुल्ला राख्नुपर्छ । दुई तह भएको सिसा प्रयोग गर्नाले पनि त्यसले इन्सुलेटरको काम गर्छ । बनिसकेको घरमा चाहिँ फ्लोर, सिलिङ र भित्तामा काठका पाता बिछ्याउन सकिन्छ । तराइतिर काठको सट्टा मार्वल छाप्न पनि सकिन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।