English

यसकारण हुन्छ बाथ रोग, कसरी जोगिने ?



डा.श्वेता नकर्मी, बाथ रोग विशेषज्ञ

बाथ रोग विभिन्न रोगहरुको संकलन बझिन्छ । अहिलेसम्म १ सयभन्दा बढी प्रकारका बाथ रोगहरु पत्ता लागिसकेका छन् । मानव शरीरमा बाहिरी जिवाणुसँग लड्नका लागि विशेष कोशिकाहरु हुन्छन् । कुनै कारणवस यी कोशिकाहरुले आफ्नै शरीरका विभिन्न अंगलाई आक्रमण गर्न थाल्छ । त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग, मधुमेह, थाईरोइड तथा अन्य रोगहरु पर्दछन् ।

बाथ रोगका कारण

बाथ रोग लाग्नुको कारण अहिलेसम्म पत्ता लागि सकेको छैन । तर, वंशाणुगत र कुनै विशेष जिवाणुको संक्रमणले बाथ देखिन सक्छ ।

बाथका प्रकार

विश्वमा १ सय भन्दा बढी प्रकारका बाथ पत्ता लागिसकेका छन् । नेपालको सन्र्दभमा गठिया बाथ, कुरकुरे हड्डी खिइने बाथ, हड्डी मक्किने बाथ, यूरिक एसिड को बाथ, मेरुडण्डको बाथ, लुपस, मांसपेसीको बाथ विशेष हुन् ।

बाथका लक्षण

बाथको मूख्य लक्षण भनेकै जोर्नीहरु दुख्नु हो साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्भिक लक्षणमा पर्छ । समयमै उपचार नगर्दा जोर्नीहरु बिस्तारै बाङ्गिँदै जान सक्छ ।

गठिया बाथ

यो बाथ प्राय जसो ४० वर्ष कटेका महिलामा बढी देखिन्छ । पुरुषमा भन्दा महिलामा यो तीन गुणा बढी देखिएको छ । जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने र बिस्तारै बाङ्गिदै जाने यसका लक्षण हुन् ।

कुरकुरे हड्डी खिइने बाथ

यो बाथ प्राय जसो ५० वर्ष कटेका महिला र पुरुषमा देखिन्छ । यसमा धेरै जसो घुँडाको जोर्नी भ¥याङ तलमाथी गर्दा अथवा उकालो ओरालो हिड्दा दुख्ने गर्छ । यसले हातका साना जोर्नीमा पनि असर गर्छ ।

युरिक एसिड बाथ

यो प्रायः जसो ४० वर्ष कटेका पुरुषमा देखिने बाथ हो । युरिक एसिड को बाथ महिला र बच्चामा धेरै देखिँदैन । यस बाथमा प्राय जसो खुट्टाको बुढी औंला रातो भएर सुन्निएर बेस्सरी दुख्छ र ४, ५ दिनमै आफैँ निको हुन्छ । यस्तो दुखाई वर्षमा २, ३ पटक पनि हुन सक्छ ।

लुपस

यो बाथ तन्नेरी महिलाहरुमा बढी पाइन्छ । यसमा जोर्नीहरु दुख्नुको साथै कपाल धेरै झर्ने ,मुखमा बारम्बार घाउ आउने, घाममा जाँदा धेरै पोल्ने र डाबर आउने तथा चिसोमा औलाको रँग परिवर्तन हुने जस्ता लक्षणहरु देखिन्छन् ।

मांशपेसीको बाथ

यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो । यसमा शरीरका विभिन्न मांशपेसीहरु दुख्ने, कटकटी खाने, आलश्य लाग्ने, निद्रामा समस्या हुने बारम्बार टाँउको दुख्ने जस्ता लक्ष्यण हुन सक्छन् ।

बाथबाट बच्ने उपाय

बाथ हुन नदिने त कुनै उपाय छैन । तर बाथका आउने जटिलताबाट भने बच्न सकिन्छ । समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ पुरापुरी नियन्त्रणमा आउन सक्छ । यसको नियन्त्रणका लागि विभिन्न प्रकारका औषधिहरु र पद्धतीहरु उपलब्ध छन् । रोगको धारण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ । बाथ दीर्घकालिन रोग भएकाले औषधि पनि प्रायः लामो समयसम्म नै चल्छ । तर, लक्षण सुरु भएको ३ महिनामा बाथको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।