कक्षा १२ को परीक्षा साउन ३१ देखि, सेन्टर आफ्नै विद्यालय (परीक्षा तालिकासहित)
कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।
परीक्षाको केन्द्र सम्बन्धित विद्यालयलाई नै तोकिएको छ । त्यसैले विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने पौडेलले जानकारी दिए ।
गत जेठ २६ गतेका लागि तय भएको परीक्षा कोरोनाको दोस्रो लहका कारण स्थगित भएको थियो । यसपाली ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् । परीक्षा भदौ ९ गतेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ ।
परीक्षा तालिका:
