English

१४ वर्षकै उमेरमा बिहे, १५ वर्षमै आमा



कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । उनले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाई छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने जिम्मेवारी थपियो । उमेर नपुग्दै विवाह गर्दा उनीहरुको पढाइ छुट्यो । कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, बच्चाको स्याहार, आर्थिक भार थपियो ।

भारतमा गएर कुबेरले होटलमा भाँडा माझ्ने काम गरेर घरमा सामान्य खर्च पठाउन थाले । कलिलै उमेरमा आमा बनेकी सुगन्धाले बच्चाको राम्ररी स्याहार गर्न नसक्दा बच्चा कुपोषित बन्यो । हाल बच्चा अस्वस्थ छ । ‘बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ । सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ’, सुगन्धा भन्छिन्, ‘हाल विवाह पछुतो भएको छ । भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन् । घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो ।’

अभिभावकको मञ्जुरीमा उमेर नपुग्दै गरिने विवाह हाल माया प्रेमका नाममा बालबालिकाले आफैँ गर्न थाल्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । यसरी परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ । कैलालीका हरेक विद्यालयमा उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरी भेटिन्छन् । अझ पढ्दापढ्दै कक्षा ९÷१० मा पढ्ने बालबालिका विवाहको बन्धनमा बाँधिएका देख्दा शिक्षकको मन दुख्छ तर मन दुखेर के गर्नु ? शिक्षकले सम्झाउने हो तर, रोक्न सकेको अवस्था छैन । मोति मावि मोतिनगरका प्रधानाध्यापक दीपककुमार दास आफू विद्यालयमा सरुवा भएर आएको ६ महिना पुगेको बताउँछन् । ‘यहाँको कक्षा १० मा ७ जना किशोरी विवाहित छन्, कक्षा १० पढ्नेको उमेर १६/१७ भन्दा बढी त हुन्न’, दासले भने, ‘विवाहित किशोरीलाई पढ्ने वातावरण हुँदैन । घरको काम गर्नुपर्दा उनीहरु पढाईमा पछाडि पर्छन् ।’

प्र.अ. दास समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन् । ‘यसरी किशोरी विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नुहँदा बीचैमा छोड्छन्, विवाहबाटै उनीहरुको जीवन बर्बाद हुन्छ’, उनी भन्छन् , ‘एकजना शिक्षिकालाई बालविवाहविरुद्ध जनचेतना जगाउन सम्पर्क व्यक्तिका रूपमा तोकेका छौँ । नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन ।’

बालविवाह कानूनीरूपमा अपराध हो । विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन । शिक्षकहरुले चेतना जगाउने काम गर्छन् । भृकुटी मावि सुवर्णपुरका प्रधानाध्यापक नृपराज भण्डारीका अनुसार हरेक वर्ष पाँच जनासम्म बालबालिका विवाहको बन्धनमा बाँधिन्छन् । ‘यतिखेर हाम्रो विद्यालयमा भर्ना अभियान चलिरहेको छ । चारजना जति किशोरी भर्ना हुन आएनन्, किन नआएको भनी बुझ्दा विवाह भइसकेको जानकारी पायौँ’, प्रधानाध्याक भण्डारीले भने, ‘लकडाउनमा अझ विवाह बढेको छ । पढाई छैन भन्दै केही किशोरी विवाह गरेर गएका छन् ।’

विद्यालयको पाठ्यक्रममा पनि बालविवाह गर्नु हुँदैन भन्ने उल्लेख छ । गत वर्ष जानकी गाउँपालिकाको बालज्योति माध्यमिक विद्यालयमा अध्यनरत एक बालिकाको विवाहको निम्तो विद्यालयलाई आयो तर, विद्यालयले त्यो विवाह बहिष्कार ग¥यो । विद्यालयले बालविवाहविरुद्ध जनचेतना जगाउने काम गरे पनि रोक्न सकेको छैन । प्रधानाध्यापक भोजराज चौधरी विद्यालयमै विवाहको निम्तो आएको तर, आफूहरु भोज खान नगएको बताउँछन् । ‘हामीले कम उमेरमा हुने विवाहलाई बहिष्कार गर्ने हो’, उनले भने, ‘हामीले ज्ञान दिएर मात्र हुन्न, समाज, अभिभावक सबैले विवाह नै रोक्ने, कानूनी सजाय दिने काम नगरेसम्म रोक्न सकिँदैन ।’

बालविवाह न्यूनीकरणका लागि स्थानीयस्तरमा विभिन्न संघसंस्था र स्थानीय तहले पनि अभियान चलाइरहेका छन् । स्थानीय सरकारले कानूनी व्यवस्था बुझाउने, कम उमेरमा विवाह गर्दा अधिकार पाउन गाह्रो हुने कुरा जानकारी दिने गरेको छ । यसका साथै विद्यालयस्तरीय, अभिभावक र किशोरीलाई सचेतना फैलाउने कार्य गरिरहेको जानकी गाउँपालिकाका महिला बालबालिका शाखाका प्रमुख यमुना विष्ट बताउँछिन् । ‘बालविवाह समस्याका रूपमा बढ्दै गएको छ । हामीले बालविवाह न्यूनीकरणका लागि समुदायस्तरमा, विद्यालयमा कार्यक्रम निरन्तर गरिरहेका छौँ’, विष्टले भनिन्े, ‘चालू आर्थिक वर्षमा पनि अभिभावक र किशोरकिशोरीसँगै राखेर गर्ने खालका विभिन्न कार्यक्रम ल्याएका छौँ ।’

कानून व्यवसायी बालाराम भट्टराई बालविवाह गरेका बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने भएकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताउँछन् । कानून व्यवसायी भट्टराईले सुदूरपश्चिममा ४८ प्रतिशत बालबालिका बालविवाहको जोखिममा रहेका जानकारी दिए । ‘सुदूरपश्चिमपछि कर्णाली दोस्रो बालविवाह हुने प्रदेशमा पर्छ, उमेर नपुग्दै हुने विवाह समाज र राष्ट्रकै लागि समस्या हो’, भट्टराईले भने, ‘गरिबीले पनि विवाह बढेको छ । सुदूरमा २०.९ प्रतिशत बालबालिका श्रमिकका रूपमा कार्यरत छन् ।’

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बालविवाह न्यूनीकरणका लागि चेतनास्तर बढाउन आवश्यक रहेको बताउँछन् । ‘कानूनले बालविवाहलाई मान्यता दिँदैन, बालविवाहका असर धेरै छन्, कानूनी अधिकार नपाए जीवन असुरक्षित हुन्छ’, चौधरीले भने, ‘बालविवाह गर्नु अपराध हो भन्ने थाहा भएर पनि समाजले स्वीकारिरहनुले न्यूनीकरणमा चुनौती थपिएको छ ।’



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।