English

किन बस्ने साउने सोमबारको व्रत ? यस्तो छ कारण



साउन महिना शिवसँग जोेडिएको महिना हो । विशेषगरी महिलाहरु साउनको सोमबार व्रत बसि शिवको पूजा आराधना गर्छन् । यसो गर्दा आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । त्यसो त हिन्दु धर्मावलम्बीहरु साउन महिनलाई विशेष महत्वका लिन्छन् । यस महिनामा धेरै वर्षा हुँदा पानीमा विकार पदार्थहरु मिश्रित भएका हुन्छन् । जसकारणले व्रत बस्दा पेट सफा र पाचन प्रणाली सन्तुलन भएर व्यक्तिको जीवशैली स्वस्थ्यकर हुन्छ ।

व्रतको विशेषता

शिवजीलाई जल अत्याधिक प्यारो लाग्छ । त्यसो त साउनमा पानी पर्ने भएकाले यसलाई शिवको खास महिना मानिन्छ । शिवले विष धुँदा शरीर जलन भइरहेको हुन्छ । जसकारणले जलधारा प्रिय शिव भनेर जल चढाइन्छ । सोमबार शिवको पुजा, आराधना, व्रत, उपासना गर्दा भक्तहरुप्रति प्रशन्न र खुसी हुने शास्त्रमा उल्लेख छ ।

यसका साथै साउनको सोमबार शिवको पूजाअजा गरेमा मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । अविवाहित युवतीहरुले साउनमा व्रत बसेर राम्रो पति पाउँ भन्ने चाहना राख्दछन् भने उसको मनले चिताएको जीवनसाथी पाउँछन् भन्ने मान्यता पनि छ । विवाह भएकाले पुत्र चाहेमा व्रत बस्दा प्राप्त हुन्छ । यसैगरी धन–सम्पतिका साथसाथै प्रसिद्धि पनि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कसरी बस्ने व्रत ?

व्रत बस्दा दिनभरी जल, फल खाने र बेलुका भगवान शंकरको पुजा गरेर खीर वा शाकाहारी भोजन बनाएर खान सकिन्छ । साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन । व्रत बस्दा महिना भरी माछा, मासु, अण्डा, प्याज, लसुन र मसुरोको दाल खानु हुँदैन । यसका साथै सकेसम्म गाँजर पनि नखानु राम्रो मानिन्छ । यस्तो खानाले भगवानप्रति चिन्तन नभई मन अन्यत्र डुल्न सक्छ । त्यसैले शाहाकारी भोजनसँगै शुद्ध मनले व्रत बस्दा चिताएको कुरा पुरा हुन्छ ।

(देवघाट हरिहर सन्यास आश्रमका ब्रम्हचारी डा. नवराज पौडेलसँग गरिएको कुराकानीमा आधारित )



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested