English

यी हुन् बालबालिकाको कान पाक्नुका कारण, कसरी जोगाउने ?



बालबालिकाको कान पाक्नु एक प्रमुख समस्या हो । यो सबै उमेरसमूहलाई हुन सक्छ । तर, बालबालिकाहरुमा यो बढि मात्रामा देखिन्छ । बालबालीकाको कान किन पाक्छ ? यसको लक्षण र कसरी जोगाउने भन्ने विषयमा नाक, कान, घाँटी सर्जन डा.अरुण अधिकारीले दिएको सुझाव यस्तो छ :

किन पाक्छ कान ?

बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो सिधा र फराकिलो हुन्छ परिपक्क भएको हुँदैन । जसले बेला–बेलामा त्यो बन्द भइरहन्छ । यो नलीको काम कानको प्रेसरलाई कायम राख्ने, कानमा जम्मा भएको पानीलाई बाहिर निकाल्ने हो । त्यो परिपक्व नभएको कारणले कान भित्र भएको पानी भित्र नै बस्छ र कानको प्रेसर पनि कायम हुँदैन । जसले गर्दा रुघाखोकी लाग्ने र कानको संक्रमण हुने गर्छ । जथाभावी कोट्याउने, तेल हाल्ने र कानमा पानी पस्यो भने पनि यस्ता समस्या हुन सक्छ । त्यस्तै, नवजात शिशुलाई आमाले दूध खुवाउदा स¥क्यो वा बच्चाले उल्टी गरेको दूध कानमा पस्यो भने पनि कान पाक्ने सम्भावना हुन्छ ।

लक्षण

– कानको दुखाईको कारण बच्चा रोईरहने

– ज्वरो आउने

– कान बन्द हुने

– कम सुन्निने

– कान कराउने

– पिप निस्कने

– रिँगाटा लाग्ने

जोगाउने उपाय

– बच्चाहरुको कानमा तेल नहाल्ने ।

– शिशुलाई आमाले दूध खुवाउदा सुतेर नखुवाउने ।

– बालबालिकालाई नुहाउनु अघि कानमा कपास राखिदिने ।

– बालबालिकालाई रुघाखोकी लाग्नबाट बचाउने ।

– बालबालिकाको कान जथाभावी नकोट्याउने ।

– चिकित्सकको सल्लाह बिना कानमा कुनै पनि औषधिको प्रयोग नगर्ने ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।