English

साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?



डा. गुरुप्रसाद सुवेदी, संस्कृतिविद्

साउनमा महिलाहरुले हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन छ । त्यसैले साउन महिना सुरु भएसँगै हरियो, पहेंलो पहिरन, हातमा मेहेन्दी र चुरा लगाएका महिलाहरुको चहलपहल बाटोघाटो तथा मठमन्दिरमा देखिन्छ । साना–साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् । तर, साउनमा हरियो पहिरन चुरा मेहेन्दी किन लगाइन्छ ? भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ ।

साउन प्रकृतिले नयाँ स्वरुप परिर्वतन गर्ने समय हो । प्रकृतिमा हरियो पन आउने भएकोले आफूलाई पनि प्रकृतिसँग अनुकुल गराउन हरियो पहिरन लगाउने हरियो बोटबिरुवाहरुको पातबाट विभिन्न श्रृंगारको सामानहरु बनाएर लगाउने चलन परापुर्व कालदेखि रहँदै आएको छ । अर्को कुरा साउन महिना भगवान् शिवको एकदम प्यारो महिना भएकाले पनिे बेल पत्र तथा अन्य सामाग्रीहरुबाट पुजा गरिन्छ । त्यसैले पनि हरियो रंग लगाउने चलन छ ।

भगवान शिवलाई कुनैपनि वैभव चाहिँदैन त्याग प्रवृति भएपुग्छ । त्यसैले म पनि सबै कुरा त्यागेर शिवको चरणमा जाँदै छु भन्ने अर्थमा पहेँलो वस्त्रको प्रयोग गरिने चलन चल्दै आएको छ । प्राकृतिक जडिबुटीहरुको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकुल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिकै हो । एकातिर श्रृंगार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकुल हुने भएकोले मेहेन्दी लगाउने चलन छ ।

यसरी हरियो रंग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो । हरिया, पहेँला बस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पुजा आरधना गर्दा मनोकांक्षा पुरा हुने धार्मिक मान्यता पनि छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रंगको हुन्छ श्रीमान वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०