English

किन दुख्छ घुँडा ? यसबाट कसरी बच्ने ?



डा. विक्रान्त मेहता, अर्थोपेडिक सर्जन

सामान्यतया ४५ वर्षभन्दा माथि उमेर समूहका ब्यक्तिहरूलाई घुँडा दुख्ने समस्या देखिन सक्छ । तर, युवाहरूमा पनि यो समस्या नदेखिने भन्ने होइन । घुँडाको दुखाई विभिन्न कारणले हुन्छ ।

घुँडा दुख्नुका कारण
वंशाणुगत कारण

घुँडा दुख्ने समस्याको पहिलो कारण भनेको वंशाणुगत हो । यदि बाबु अथवा आमामध्ये कसैलाई बाथ रोगको समस्या छ भने उनीहरूबाट जन्मिएका छोराछोरीमा पनि बाथ रोगको समस्या देखिन सक्छ । त्यसले घुँडा दुख्ने समस्या निम्त्याउन सक्छ ।

चोटपटक अथवा बढी तौल

घुँडामा कुनै चोटपटक लागेको छ भने पनि उमेर ढल्कँदै जाँदा त्यो बल्झिएर दुख्ने गर्छ । यस्तै, बढी तौल भएका मानिसहरूमा पनि घुँडा दुख्ने समस्या देखा पर्छ ।

लिगामेन्ट च्यातिनु

लिगामेन्ट च्यातियो भने पनि घुँडा दुख्ने समस्या देखा पर्छ । साथै घुँडा खिइयो भने पनि दुखाई सुरु हुन्छ । यस्तो समस्या विशेष गरी वृद्धावस्था र महिनावारी रोकिएका महिलामा बढी देखिन्छ ।

क्याल्सियमको कमी

क्याल्सियमको कमीले पनि घुँडा दुख्ने समस्या आउन सक्छ ।

कसरी बच्ने ?

– घुँडालाई धेरै असर पर्ने गरी काम नगर्ने ।
– शरीरको तौललाई सन्तुलनमा राख्ने ।
– क्याल्सियमयुक्त खानेकुरा खाने ।
– दैनिक व्यायाम गर्ने ।
– धेरै दुखाई छ भने चिकित्सकको सल्लाहमा औषधि लिने ।
– घुँडालाई सुरक्षित राख्ने ‘नि क्याप’ प्रयोग गर्ने ।
– चिसोमा धेरै हिँडडुल नगर्ने ।
– घुँडा दुख्ने समस्याको पहिचान एक्स रे, एमआरआई गरेर थाहा पाउन सकिन्छ । यदि बाथ रोगका कारण घुँडाको दुखाई भएको छ भने रक्तपरीक्षण गरेर हेर्न सकिन्छ ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा