English

यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



मृगौला शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो । यसले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट बिसर्जन गराई सफा गर्दछ । तर, धेरै मानिसहरु मृगौला रोगका कारण पीडित छन् । आखिर मृगौला बिग्रने करणहरु के– के हुन् ? यसका लक्षण कस्ता हुन्छन् ? यसबाट कसरी बच्ने भन्ने बारेमा मृगौला प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठको सुझाव यस्तो छ ः

कारण:

– उच्च रक्तचाप
– मधुमेह
– मिर्गौलामा हुने नेफ्राइटिस
– मिर्गौलामा संक्रमण
– मिर्गौलामा पत्थरी
– प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या
– जथाभावी रुपमा औषधिको सेवन

लक्षणः

– पिसाब धमिलो हुने
– धेरै पटक वाकवाक लाग्ने
– रिङ्गटा लाग्ने
– झाडापखाला लागिरहने
– हातखुट्टा सुन्निने ।
– अन्य रोग लाग्दा औषधि सेवन गर्दा पनि लामो समयसम्म निको नहुने
– कोखा दुख्ने,
– शरीर चिलाउने

बच्ने उपाय:

– कुनैबेला मृगौलाले ९० प्रतिशत काम नगरेपछि मात्र थाहा हुने भएकाले बेलैमा सचेत हुनु पर्छ ।
– स्वस्थ व्यक्तिले पनि वर्षको एक पटक स्वास्थ परीक्षण गराउने ।
– मधुमेह वा उच्च रक्तचाप नियन्त्रणमा राख्ने ।
– प्रशस्त सफा पानी पिउने ।
– जथाभावी औषधि सेवन नगर्ने ।
– पोषणयुक्त आहार खाने ।
– नियमित व्यायाम गर्ने ।
– नुन कम खाने ।
– धुम्रपान तथा मद्यपान नगर्ने
– झालिलो पदार्थको अत्याधिक खाने
– पिसाबलाई लामो समय नरोक्ने
– मोेटोपना घटाउने



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested