English

कोरोना संक्रमितले कुन बेला कस्तो औषधि खाने ?



कोरोना संक्रमितले कस्तो अवस्थामा कुन औषधिको सेवन गर्ने ? यो कुरा अधिकांशलाई थाहा नहुन सक्छ । सामाजिक सञ्जालमा हामीले धेरै नै गलत र भ्रामक जानकारी दिइरहेको हुन्छ । ती बाट जोगिनको लागि र स्वास्थ्यलाई सुरक्षित बनाउनको लागि तपाईले अस्पतालमा गएर डाक्टरहरुसँग जानकारी लिनुपर्छ । कोरोना भएको अवस्थामा तपाईले फोन मार्फत् डाक्टरहरुको सल्लाह लिनु आवश्यक हुन्छ ।

– संक्रमण भएका बिरामीहरुलाई ज्वरो आयो, टाउको दुख्यो भने प्यारासिटामोलको प्रयोग गर्नुपर्छ । प्यारासिटामोलले ज्वरो, टाउको दुख्ने र ज्यान दुख्ने समस्याहरुलाई निको पार्छ ।

– कसैलाई धेरै खोकी लागेको छ भने खोकीको औषधि खानुपर्छ । साथै पानीको बाफ लिँदा पनि ठीक हुन्छ ।

– धेरै भिटामिन र एन्टिबायोटिकहरु खानु हुँदैन । एन्टिबायोटिकहरुले विभिन्न प्रकारका खराब असरहरु गर्नसक्छ ।

– स्टोरोयड खानुपर्छ भन्ने कुरा धेरैले गर्छन्, सामानिक सञ्जालमा पनि आइरहेका छन् । यसले अति गम्भीर बिरामीलाई निको पार्छ । तर, त्यस्तो औषधिहरु चिकित्सकको सल्लाह अनुसार खानु ठिक हुन्छ ।

– यदी श्वासप्रश्वासमा गाह्रो भयो अथवा अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सिटामोल र कफसिरप बाहेक के औषधि खाने भन्ने कुनै चिकित्सकको सल्लाह लिनुपर्छ ।
– केही समस्या प-यो भने सरकारले र स्वास्थ मन्त्रालयले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गरेर पनि सल्लाह लिन सकिन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested