English

आलुदम यसरी बनाउनुहोस् !



आलुको प्रयोग हामीले पकाउने अधिकांश तरकारीमा हुने गर्छ । तरकारी बाहेक पनि आलुका विभिन्न परिकार बनाएर खान सकिन्छ । जसमध्ये आलुदम पनि एक हो । घरमा बसेको यो फुर्सद समयमा आलुदम यसरी बनाएर खान सक्नुहुन्छ ।

आवश्यक सामाग्री

–आधा किलो उसिनेको स–सानो आलु
–चारवटा टमाटर
–हरियो धनियाँ, हरियो खुर्सानी, लसुन, अदुवा आवश्यक अनुसार
–रातो खुर्सानीको धुलो आवश्यक अनुसार
–प्याज एक वटा
–गरम मसला एक चम्चा
–स्वाद अनुसार नुन
–तेल
–बेसार
–जीरा र धनियाँको दाना

बनाउने विधि

–आलुदम बनाउनका लागि उसिनेको आलुको बोक्रा फाल्ने र आलुमा काँटा चम्चाले प्वाल पर्ने ।
–प्याजमा तेल, खुर्सानीको धुलो, बेसार र नुन राखेर आलु फ्राई गर्ने ।
–आलुको रङ खैरो हुँदासम्म फ्राई गर्ने ।
–अब हरियो खुर्सानी, लसुन, अदुवा र प्याज तेलमा फ्राई गर्ने र टमाटर पनि राख्ने यसरी राखेको टमाटर नगल्दासम्म पकाउने ।
–यसरी पकाएको मसला चिसो भएपछि मिक्सर वा खलीमा पिस्ने ।
–तेलमा धनियाँ र जिराको दाना पकाएर पिसेको मसला र आलु राख्ने ।
–सबै मिक्स गरिसकेपछि थोरै पानी राखेर ३ मिनेट पकाउने र हरियो धनियाँ राखेर निकाल्ने ।
–यसरी मीठो आलुदम तयार हुन्छ, यसलाई तपाईले खाना, रोटी र चिउरासँग खान सक्नुहुन्छ ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested