English

सुन्दरतालाई यसरी जोगाई राख्नुस्



कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् । जसकारण पार्लर, शैलुन बन्द छन् । यस अवस्था घरमै बस्दा कसरी आफ्नो सुन्दरतालाई जोगाउने भन्ने प्रश्न अधिकांशको मनमा उब्जिएको छ । कोरोनाबाट जोगिँदै घरमै कसरी आफू सुन्दर देखिन सकिन्छ त ? यसै विषयमा ब्युटिसियन मेनुका चामलिङले यस्तो सुझाव दिएकी छन् ।

–घरमै बस्दा दैनिक प्रयोग गर्ने फेसवास, क्रिम र लोसन नियमित लगाउनुहोस् ।

–क्लिनजिङ नभएमा होममेड क्लिनजिङ प्रयोग गर्न सकिन्छ । जस्तैः टमाटरले फेसवासको रुपमा साँझ बिहान अनुहार धुनुहोस् । यसले फेसवास र क्लिनजिङ दुबैको काम गर्छ र अनुहार चम्किलो बनाउँछ ।

–कपालमा आफूले प्रयोग गर्ने तेल वा घरमा भएको तेलमा भिटामिन प्रयोग गरी तेलले मसाज गर्ने ।

–कपाल झार्ने वा टुक्रिने समस्या भए घ्युकुमारी र नरिवट तेलको मिश्रण बनाएर कपाल धुनु २५ देखि ३० मिनेट अगावै कपाल मसाज गर्नुहोस् ।

–आँखी भौँमा आएका रौँहरु आफैँले चिम्टिले निकाल्नुहोस् ।

–हात र खुट्टाको नङ काट्ने र मन तातो पानी अथवा गर्मी महिनामा चिसो पानीमा नुन र स्याम्पु मिक्स गरेर हात र खुट्टा १५ देखि २० मिनेट भिजाएर, ब्रसले नेलहरु सफा गर्नुहोस् ।

– हात र खुट्टाका नङ सफा गरी सकेपछि मोस्चराईजर लगाउनुहोस् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested