English

एकैदिन २६०७ मा संक्रमण, २१४१ जना निको



नेपालमा एकैदिन २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १ सय ४१ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । यो कुल संक्रमितको ८८.६ प्रतिशत हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ४ सय १३, भक्तपुरमा ३६ र ललितपुरमा २ सय ४२ जना रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप ३९ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमित मध्ये ५७ हजार ५ सय ३१ जना होम आइसोलेसन र ४ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, ९ सय १६ जनाको आईसियू र २ सय ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा