निजी स्कूलका शिक्षकको पीडा : ‘तलब नपाउँदा पेशा छोडियो’
कोरोना महामारीबाट शिक्षा, अर्थ, राजनीति, व्यापार व्यवसाय लगायतका सबै क्षेत्र मारमा परेका छन् । कोरोना महामारी तीव्र रुपमा फैलिँदै गएपछि सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । आजबाट भने काठमाडौं उपत्यकाको हकमा केही खुकुलो भएको छ । यसको मारमा शिक्षा क्षेत्र पनि परेको छ । स्कूल, कलेज सबै बन्द छन् । जसकारण पठनपाठन राम्रोसँग हुन सकेको छैन ।
अनलाइन पठनपाठनबाट विद्यार्थीहरुले चाहेजति ज्ञान लिन नसकिरहेको शिक्षाविद्हरुको भनाइ छ । विद्यार्थीहरु सँगसँगै कोरोना महामारीले गर्दा निजी स्कूलका शिक्षकहरु प्नि थलिएका छन् । स्कूलमा पढाइ हुन नसक्दा कतिपयको रोजीरोटी खोसिएको छ भने कतिपयलाई परिवार पाल्नै समस्या हुन थालेको छ ।
शंकर भुजेल विगत ८ वर्षदेखि जावलाखेल ललितपुर स्थित डिएभी विश्व भारती विद्यालयमा अध्यापनरत छन् । पढाउने काम आफैँमा गाह्रो भएकोले अहिले अनलाइनबाट पढाउनु पर्दा झनै सकस भएको उनी बताउँछन् ।
‘कोभिड महामारिको कारण लकडाउन भएको २ वर्ष भइसक्यो तर कुनै पनि विद्यालयले अहिले सम्म फोन गरेको छैन, उनले भने, हामिले फोन गर्दा पनि कुनै प्रतिक्रिया दिएको छैन ।’
‘सुरुमा शिक्षक तथा विद्यार्थीहरुमा भर्चुअल कक्षाका बारेमा तेती ज्ञान थिएन जुम, गुगल क्लास लगायतका अनलाइन कक्षाको बिषयमा जानकारी नभएकोले धेरै गाह्रो भयो’, उनी भन्छन्, ‘कक्षा कोठामा पढाउनु जस्तो मज्जा अनलाइन कक्षामा हुँदैन, त्यसमाथि ईन्टरनेट सेवाले दुख दिन्छ ।’ विद्यालयले शिक्षकहरुलाई तलब दिन नसकेकोले कतिपय शिक्षकहरुले पेशा नै छोडेको उनले बताए ।
त्यस्तै निजी विद्यालयहरुमा करिव एक दशक देखि कार्यरत देवराज गुरुङ ब्रेनल्याण्ड एकेडेमी कपन, जुगल स्कूल कपन, त्रिनेत्र विद्या निकेतन गरि लगभग एक दर्जन विद्यालयहरुमा नृत्य प्रशीक्षकको रुपमा कार्यरत थिए । अहिले कोरोना माहामारीले गर्दा प्राय विद्यालयहरुमा उनको काम भएको छैन । विद्यालयहरु बन्द भएको हुँदा उनी घरमै बस्न बाध्य छन् ।
‘कोभिड महामारिको कारण लकडाउन भएको २ वर्ष भइसक्यो तर कुनै पनि विद्यालयले अहिले सम्म फोन गरेको छैन, उनले भने, हामिले फोन गर्दा पनि कुनै प्रतिक्रिया दिएको छैन ।’
त्यस्तै अर्की शिक्षिका सिन्धुपाल्चोककी अम्बिका लुईटेलले सिन्धुपाल्चोक, बाहुने पाटीको न्युटन इङ्ग्लिस र्बोडिङ स्कूलमा बढाउन थालेको ३ वर्ष भयो । कोरोनाले गर्दा २०७६ चैत ६ गते बाट स्कूलको पठनपाठन बन्द थियो । २०७७ मा केही समयलाई विद्यालय संञ्चालन भएको थियो तर कोरोना दोस्रो लहरले गर्दा फेरी वैशाख ६ गतेबाट पूर्ण विद्यालयहरु बन्द भएपछि उनी निराश छिन् ।
‘राम्रोसँग पठनपाठन नभएको लगभग २ वर्ष भयो, गाँउ भएको हुनाले विद्यार्थिहरुसँग इन्टरनेटको पहुँच छैन, त्यसैले अनलाइन कक्षा पनि भएको छैन, उनले भनिन्, पढाई नभएपछि अभिभावकहरुले विद्यालयलाई शुल्क बुझउने कुरै भएन, त्यसैले लकडाउनको बेला विद्यालयले तलव दिएन ।’
त्यस्तै काठकाडौंकी सुस्मिता पाण्डेले काठमाडौं सुकेधारा स्थित साइपाल पब्लिक स्कूलमा पढाउन थालेको २ वर्ष भयो । कोरोनाले र लकडाउनले विद्यालयहरु बन्द भएपछि उनले घरबाटै विधार्थीहरुलाई अनलाइन कक्षा पढाउँदै आएकी छिन् । ‘लगभग दुई वर्ष भयो विद्यालयहरु बन्द भएको यस बीचमा जम्मा ४ महिना जति भौतिक कक्षा सुचारु भयो, उनले भनिन्, २०७७ वैशाख देखि नै हामीले बच्चाहरुलाई अनलाइन कक्षा पढाउँदै आइरहेका छौँ ।’
लामो समयदेखि विभिन्न निजि विद्यालयहरुमा पार्ट टाइम शिक्षकको रुपमा कार्यरत तारा रिमाल अहिले कोरोनाले गर्दा समस्यामा परेका छन् । विद्यालयमा पढाएर आफ्नो परिवारको गुजारा गर्दै आएका उनलाई अहिले आर्थिक संकट परेको छ ।
विगत १८ वर्ष देखि निजि विद्यालयमा नृत्य प्रशिक्षको रुपमा कार्यरत बुद्ध लामाले बाल गितान्जली स्कुल,पद्म चक्र स्कुल,सेरछाङ अनाथ स्कूल, महान सिद्धार्थ हाई स्कुल लगाएतका स्कूलहरुमा नृत्य प्रशिक्षको रुपमा काम गर्दै आएका छन् । लकडाउनले गर्दा धेरै विद्यालयहरुमा उनको काम ठप्प छ । उनलाई विद्यालयले दइरहेको सुविधा समेत कटौति गरेको छ ।
उनी भन्छन् ‘म कार्यरात सबै विद्यालयले त होइन केही विद्यालय भने १५% देखी ४०% सम्म तलब दिने गरेको छ यो महामारीको समस्यालाई कतिपय विद्यालयले बुझ्ने गरेको छ कतिपयले बेवास्ता गरेको छ ।’
लामो समयदेखि विभिन्न निजि विद्यालयहरुमा पार्ट टाइम शिक्षकको रुपमा कार्यरत तारा रिमाल अहिले कोरोनाले गर्दा समस्यामा परेका छन् । विद्यालयमा पढाएर आफ्नो परिवारको गुजारा गर्दै आएका उनलाई अहिले आर्थिक संकट परेको छ ।
‘दिनमा दुई देखि तिन वटा स्कूलमा पढाउँथे तर अहिले जम्मा २, ३ घण्टा अनलाईन कक्षा पढाउँछु, उनले भने, अनलाइन कक्षा भन्दा विद्यालयमै पढाउन सहज र सजिलो हुन्छ ।’