English

कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा



नेपालमा अहिले कोरोना भाइरसको दोस्रो लहर जारी छ । यो लहरमा धेरै मानिस संक्रमित भएका छन् । यसले गम्भीर समस्या निम्त्याएको विज्ञहरु बताउँछन् । तर कोभिड व्यवस्थापनका लागि हामीले के गर्नसक्छौँ ? यो बारेमा जान्नै पर्ने हुन्छ । कोभिड १९ व्यवस्थापन गर्नका लागि स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार परिवारका सदस्यले ५ वटा चरणहरु जान्नैपर्छ ।

यी हुन् ५ चरणः
१. कोरोना परीक्षण

यदि परिवारको सदस्य कसैलाई कोभिड १९ संक्रमण भएको आशंक लागेमा तत्काल कोरोना परीक्षण गराउनुपर्छ ।

२. संक्रमितको हेरचाह

संक्रमितलाई छुट्टै कोठामा राख्ने, पौष्टिक खानेकुरा खुवाउने, आराम गराउने, संक्रमितले प्रयोग गरेका सामान अलग्गै राख्ने ।

३. ज्वरो र अक्सिजनको स्तर

-पल्स अक्सिमिटरले संक्रमितको शरीरको अक्सिजनको स्तर जाँच गर्ने ।
-शरीरको अक्सिजनको स्तर बढाउन संक्रमितलाई घोप्टो परेर सुत्न लगाउने ।
-ज्वरो आएमा प्यारासिटामोल खाने र पानी पट्टी लगाउने ।
-ज्वरो ४,५ दिनसम्म पनि कम नभएमा स्वास्थ्यकर्मीसँग तत्काल परामर्श गर्ने ।

४. अस्पतालमा कुन बेला लग्ने ?

-नजिकको अस्पताल वा स्वास्थ्यकर्मीहरुसँग फोन मार्फत् निरन्तर सम्पर्कमा रहने ।
-स्वास्थ्यकर्मीको सल्लाह बमोजिम तथा संक्रमितको अवस्था हेरि समयमा नै अस्पताल लैजाने व्यवस्था गर्ने ।
-ज्वरो नघटेमा, छाती दुख्नुका साथै खोकी ठीक नभएमा, शरीरमा अक्सिजनको मात्रा कम भई अफ्ठ्यारो महशुस भएमा, संक्रमित स्वयंले आफ्नो हेरचाह गर्न नसक्ने देखिएमा, वा बोली लरबरिन थालेमा तत्काल अस्पताल लग्ने ।

५. परिवारका अन्य सदस्यसँग शतर्क रहने

-एक व्यक्तिले मात्र संक्रमितको हेरचाह गर्ने ।
-परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण हुनसक्ने भएकोले शतर्क रहने ।
-संक्रमित परिवारका अन्य सदस्यको मानसिक स्वास्थ्यको विशेष ख्याल राखौँ ।

यो पनि पढ्नुहोस्
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested