English

‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?



कोरोनाबाट निको भएको ६ हप्तापछि पनि केही मानिसमा थकाई लाग्ने, खोकी लाग्ने, टाउको दुख्ने र गन्ध नआउने, ज्वरो आउने जस्ता समस्या निरन्तर देखिएका छन् । यसमध्ये अधिकांशले थकान महशुस गरेको बताएका छन् भने केहीलाई मानसिक समस्याले पनि सताएको छ ।
जसकारण मेडिकल अनुसन्धानकर्तामा यसले चासो थपेको छ । त्यसो त विज्ञहरु अहिले यो लक्षणले आखिर कति समयसम्म असर गरिरहन्छ भन्ने कुराको अध्ययन गरिरहेका छन् ।

लण्डनकी एलिसा पेरेगोले गत वर्ष कोभिड–१९ भाइरसको सुरुवाती इन्फेक्शनबाट निको भएपछि पनि कायम रहेको लक्षणलाई पहिलोपटक लङ कोभिड शब्दको प्रयोग गरेकी थिइन् ।

मेडिकल रिसर्चसँग जोडिएको यो समस्यालाई लङ कोभिड भनिएको छ । यो के हो, यसका लक्षण के हुन्, र यसबाट कसरी बच्ने ? यस बारेमा हामीले टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन र थोङ्ची मेडिकल कलेज वुहानका कन्सलटेन्ट फिजिसियन डा. रमेश आचार्यसँग कुराकानी गरेका छौँ ।

के हो लङ कोभिड ?

लण्डनकी एलिसा पेरेगोले गत वर्ष कोभिड–१९ भाइरसको सुरुवाती इन्फेक्शनबाट निको भएपछि पनि कायम रहेको लक्षणलाई पहिलोपटक लङ कोभिड शब्दको प्रयोग गरेकी थिइन् । यी लक्षण केही हप्ता वा महिनासम्म पनि रहन्छन् । अर्थात् शरीरबाट भाइरस निस्किए पनि त्यसका लक्षण नष्ट हुँदैनन् । केही लक्षण रहिरहन्छन् भने केही लक्षण केही दिनमा फेरि देखिन्छन् ।

अधिकांश संक्रमितमा कोभिड–१९ पीसीआर परीक्षण नेगेटिभ आउनुलाई माइक्रोबायोलोजिकल रुपमा शरीरले रिकभर गरेको भनिने डा. पुन बताउँछन् । तर क्लिनिकल लक्षण नष्ट भइसकेका हुँदैनन् । यसै आधारमा लङ कोभिड शरीरमा भाइरस देखिएको समयदेखि लक्षण नष्ट हुन लाग्ने समयावधिलाई भन्न सकिने उनको भनाई छ ।

यस्ता हुन्छन्, लङ कोभिडका लक्षण :

– मुटुको धड्कन रोकिएको जस्तो हुने

– ज्यान भारी भए जस्तो अनुभव हुने

– ज्वरो आउने

– श्वासप्रश्वासमा समस्या हुने

– छाती दुख्ने

– लामो समयसम्म जोर्नीहरुको दुखाइ भइरहने

– स्मरण शक्तिमा समस्या आउने

– मांसापेशी दुखिरहने

– एन्जाइटी र डिप्रेशन

– अक्सिजन घटिरहने

यसका साथै, कतिपयको ब्रेन स्ट्रोक भएर पनि मृत्यु भइरहेको छ । त्यस्तै कतिपयलाई प्यारालाइसिस, पार्किन्सन्स, अल्जाइमर्स भएको पाइएको डा. आचार्यले बताए ।

इटालीको अस्पतालमा भर्ना भएका १ सय ४३ जनामा गरिएको एक अध्ययनमा ८७.४ प्रतिशत संक्रमितले लङ कोभिडका लक्षण भएको बताएका थिए । थकान अधिकांशको समस्या थियो । साथै, खोकी, छाला रोतो हुने, टाउको दुख्ने, पखालाजस्ता लक्षण देखिएका बताए ।

‘त्यसैले यस्ता लक्षण लामो समयसम्म रहिराखेको अवस्थामा यसले ठूलो दुर्घटना निम्त्याउँछ, आचार्य भन्छन्, ‘जसले अन्य रोगको जोखिम पनि बढाउँछ । जस्तै सुगर नभएको बिरामीलाई सुगर जीवनभर हुनसक्छ ।’

लङ कोभिडका २ स्टेज हुने डा. पुन बताउँछन् । ‘एउटा पोस्ट एक्यूट कोभिड र अर्को क्रोनिक स्टेज,’ डा. पुन भन्छन्, ‘यसले मानसिकदेखि मुटुसम्मको समस्या हुनसक्छ ।’

इटालीको अस्पतालमा भर्ना भएका १ सय ४३ जनामा गरिएको एक अध्ययनमा ८७.४ प्रतिशत संक्रमितले लङ कोभिडका लक्षण भएको बताएका थिए । थकान अधिकांशको समस्या थियो । साथै, खोकी, छाला रोतो हुने, टाउको दुख्ने, पखालाजस्ता लक्षण देखिएका बताए ।

कसरी बच्ने ?

– जसलाई जुन समस्या छ त्यहीसँग सम्बन्धित चिकित्सिकसँग सल्लाह लिनुपर्छ ।

– कोरोना संक्रमितले एक वर्षको लामो समयसम्म आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

– आफ्नो आत्मबल बढाउने र सकारात्मक सोच बनाइराख्ने ।

– संक्रमणमुक्त भएपछि लक्षणहरु देखिए परीक्षण गराउने र चिकित्सकको सल्लाह लिने ।

– दैनिक ४० मिनेट घाममा बस्ने

– नियमित अण्डा, दूध, माछामासु, हरिया सागसब्जी खाने

– नागरिकहरु कोरोना मुक्त भयो वा भ्याक्सिन लाइसकेँ भनेर जथाभावी बाहिर ननिस्कने ।

कस्तालाई हुन्छ ‘लङ कोभिड’ ?

लङ कोभिड सबै किसिमका बिरामीलाई हुनसक्ने डा. पुन बताउँछन् । ‘यो हल्का, मध्यम र गम्भीर लक्षण भएका संक्रमित सबैलाई हुनसक्छ तर अधिकांश केस भने गम्भीर लक्षण भएका संक्रमितहरुलाई भएको छ,’ उनले भने ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक रिपोर्टमा ३ हजार १ सय ७१ कोभिड संक्रमितमा गरिएको अध्ययनमा ६९ प्रतिशतलाई ६ महिनामा एक वा त्यो भन्दा धेरै चिकित्सक कहाँ जानुपरेको थियो ।

नेपालमा के छ लङ कोभिडको अवस्था ?

नेपालमा लङ कोभिडको समस्या धेरैमा देखिएको डा. पुन बताउँछन् । ‘नेपालमा पनि यस्ता धेरै केस देखेको छु, उनले भने, ‘अहिले यसको समस्या धेरै युवावर्गमा देखिएको छ, वृद्धहरुमा पनि समस्या छ तर, उहाँहरु अस्पताल नआउनुभएको पनि हुन सक्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested