English

कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ?



कोरोना महामारीको भयले जनजीवन त्रसित छ । सबैजसो अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । यस्तो अवस्थामा आफूलाई केही समस्या पर्दा अस्पताल जाने कि नजाने भन्ने अन्योल धेरैलाई हुनसक्छ ।

अहिलेको अवस्थामा कोरोना पोजेटिभ भएका तर, सामान्य लक्षण मात्र देखिएका बिरामीहरु दौडादौड गरेर अस्पताल जानु नपर्ने मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बताउँछन् । ‘कोभिड लाग्यो भन्दैमा वा पोजेटिभ आयो भन्दैमा धेरै आत्तिन जरुरी छैन । ८० प्रतिशत भन्दा बढी कोरोना पोजेटिभ भएका बिरामीहरु आफै निको भएका छन्,’ उनी भन्छन्, ‘केही प्रतीशतलाई सामान्य लक्षण देखा पर्छन् भने थेरै प्रतिशतलाई यसले गम्भीर रुप लिन सक्छ र अस्पतालमा उपचार गर्न जानुपर्ने हुन्छ ।’ यो कुरा पनि याद गर्न जरुरी हुन्छ कोभिड पोजेटिभ भएका सबैलाई अक्सिजन चाहिँदैन अथवा सबैलाई अस्पताल पनि लैजानु पर्ने हुँदैन ।

यहाँ कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ? संक्रमितले ध्यान दिनुपर्ने कुरा के–के हुन् भन्ने बारे डा. कोइरालाले दिएको सुझावलाई प्रस्तुत गरिएको छ :

कस्तो अवस्थामा अस्पताल जाने

— कोरोना पोजेटिभ भएको छ र ५ दिन भन्दा बढीसम्म १००.४ भन्दा बढी ज्वरो लगातार आइरहेको छ भने

— सिटामोल खाएर पनि ज्वरो घट्दैन भने

— सास फेर्न गाह्रो भएको छ भने

— अक्सिमिटरले ९४ भन्दा कम स्याचुरेसन देखाउँछ भने

— असाध्यै गाह्रो भयो र अरु हिसाबले पनि धेरै कमजोरी भयो भने अस्पताल जानुपर्छ ।

कोरोना संक्रमितले ध्यान दिनुपर्ने कुरा

— घरमै औषधि र अक्सिजन स्वास्थकर्मीको सल्लाहबिना लिनु उपयुक्त हुँदैन । साथै, पछि अक्सिजन चाहिएला भनेर आजैदेखि जोहो गर्ने बुद्धिमानीपूर्ण काम होइन ।

— आवश्यकता परेमा अस्पतालमै उपचार गर्न जानु बुद्धिमानी हुन्छ ।

— सामान्य बाहेक विभिन्न औषधिहरु पनि स्वस्थ्यकर्मीकै सल्लाहबाट लिनु उपयुक्त हुन्छ ।

— सावधानी अपनाउने ताकी कोभिड अरु परिवारका सदस्यहरुलाई नसरोस् ।

— यी माथीका चार पाँचवटा परिस्थितिमा स्वस्थ्यकर्मीलाई सम्पर्क गर्ने र अस्पताल गएर यसको उपचार गर्न सकिन्छ ।

— आत्मबल एकदमै बलियो बनाउने ।

— धेरै नआत्तिने र हतारमा अनावश्यक औषधी र अक्सिजनको जोहो गरेर थुपार्ने काम नगर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा