English

सन्दर्भ : विश्व वातावरण दिवस

अम्बाको नाम अम्बर र कपूरको नाम करुणा राख्दै कलाकारले गरे वृक्षारोपण



आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न स्थानमा वृक्षारोपण र सरसफाई अभियान सञ्चालन गरेर मनाइएको छ । प्राणीजगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानिसहरुले ध्यान दिन नसक्दा अहिले विभिन्न चुनौति आइरहेका छन् ।

‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’, ‘म त वृक्षारोपण गर्दैछु, तपाईहरु नि ?’ भन्ने नारासहितका फोटो अहिले सामाजिक सञ्जालमा कलाकारहरुले पोस्ट गरेको देख्न सकिन्छ ।

‘अहिले महामारीका बेला चाहिने भनेकै अक्सिजन हो,’ निरौला भन्छिन्, ‘वागमती सरसफाई अभियानले सञ्चालन गरेको यो कार्यक्रममा हामीले वातावरण जोगाउनका लागि वृक्षारोपण गरेका हौँ ।’

अभिनेत्री करिष्मा मानन्धर, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेत्री सञ्चिता लुईंटेल, अभिनेता पल शाह र पुष्प खड्काले विभिन्न ठाउँमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको फोटो सामाजिक सञ्जालमा पोस्ट्याएका छन् । यसको नेतृत्व वातावरण तथा सरसफाई अभियन्ता चक्र बहादुर चन्दले गरेका थिए ।

यो अभियानमा आज ललितपुरको यूएन पार्कमा २५ वटा वृक्षारोपण गरिएको छ भने देशका ४२ स्थानमा यो अभियान चलाइएको थियो । यूएन पार्कमा आज समी, अम्बा, कपूर, विभिन्न ठूला बोट हुने फूल, बोधिचित्त, अशोकाको रुख रोपेको निरौलाले बताइन् ।

‘अहिले महामारीका बेला चाहिने भनेकै अक्सिजन हो,’ निरौला भन्छिन्, ‘वागमती सरसफाई अभियानले सञ्चालन गरेको यो कार्यक्रममा हामीले वातावरण जोगाउनका लागि वृक्षारोपण गरेका हौँ ।’

अभिनेत्री निरौलाले वृक्षारोपण गरेको यो पहिलोपटक भने होइन । उनले विभिन्न स्थानमा आफ्नो नाममा समेत वृक्षारोपण गरिसकेकी छन् । विराटनगर र पूर्व सेनापति रुकमाङ्गत कटुवालले थालनी गरेको अभियानमा समेत उनले आफ्नो नाममा वृक्षारोपण गरिरहेको उनी बताउँछिन् ।

‘रुख रोप्न मात्रै होइन, म कत्रो र कस्तो भयो भनेर हेर्न पनि जान्छु,’ उनी भन्छिन्, ‘आज पल जी र म यो अभियानमा गएका थियौँ, पल जीलाई बुबा र मलाई आमा बनाएर मैले अम्बाको रुख रोपेँ र पलजीले कपूरको रुख रोप्नुभयो, अम्बाको रुखलाई छोरा बनाएर अम्बर राखियो, कपूरलाई छोरी बनाइएर करुणा नाम राखिएको छ ।’

‘काठमाडौंमा जमिनको अभाव हुँदै गएको छ, तर आफ्नै घरमा गमलामा स–साना बोटबिरुवा रोप्न सकिन्छ,’ लुईंटेल भन्छिन्, ‘वनजंगल फडानी गर्दा के हुन्छ भन्ने कुरा हामीलाई अहिले भान हुन थालेको छ, यसै पनि हामी कृषिप्रधान देशमा छौँ, बोटबिरुवाको हरियाली त हुनैपर्छ नि ।’

त्यस्तै अभिनेत्री सञ्चिता लुईंटेलले पनि आज आफ्नो घर नजिकै रहेको खाली चौरमा वृक्षारोपण गरिन् । कोरोनाका कारण बाहिर निस्कने अवस्था नरहेपनि घरनजिकै वृक्षारोपण गरेको उनी बताउँछिन् ।

‘काठमाडौंमा जमिनको अभाव हुँदै गएको छ, तर आफ्नै घरमा गमलामा स–साना बोटबिरुवा रोप्न सकिन्छ,’ लुईंटेल भन्छिन्, ‘वनजंगल फडानी गर्दा के हुन्छ भन्ने कुरा हामीलाई अहिले भान हुन थालेको छ, यसै पनि हामी कृषिप्रधान देशमा छौँ, बोटबिरुवाको हरियाली त हुनैपर्छ नि ।’


यसै अभियानमा जोडिएका नायक पुष्प खड्काले पनि आज घरमै वृक्षारोपण गरे । यतिबेला कैलालीमा रहेका खड्का विश्व वातावरण दिवसका दिन घरकै गार्डेनमा तीनवटा बिरुवा रोपेको बताउँछन् ।

‘यसरी वातावरण दिवसको दिन वृक्षारोपण गर्नाले आम मानिसहरुले पनि स्मरण गर्नुहुन्छ,’ उनी भन्छन्, ‘यो बेला कोरोनाका बिरामीलाई अक्सिजनको अभाव छ, बोटबिरुवाहरु कम छन्, हामी दिनदिनै वनजंगल फडानी गरिरहेका छौँ, त्यसैले पर्यावरण पनि स्वस्थकर छैन, यसबाट केही सिकेर भावी दिनमा सफा र हरियाली वातावरण बनाउन सकिन्छ ।’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested