English

हङकङमा कोरोनाको प्रभाव, न्यूनीकरण र रोकथामका प्रयास



किसन राई

कोरोना भाइरस (कोभिड–१९)ले विश्व आक्रन्त भएको अवस्थामा हङकङ अछुतो रहेको छैन । कतिपय मुलुक भयावह स्थितिबाट गुज्रिरहेको भएपनि यहाँ नियन्त्रणमा रहेको छ । सन्–२०१९ को डिसेम्बरमा चीनको वुहानमा कोरोनाभाइरस देखिएको थियो । सन् २०२० को जनवरी ३० का दिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई महामारी घोषणा गर्दै विश्वलाई सावधानी अपनाउन अपिल गर्यो ।

हङकङमा सन् २०२० को जनवरी २३ मा कोभिड–१९ को पहिलो संक्रमित भेटिएको थियो । फेब्रुअरी ४ मा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भयो । जो व्यक्ति १३ औं संक्रमितको रुपमा अस्पताल भर्ना भएका थिए । संक्रमितको संख्या बढेसंंगै स्वास्थ्यकर्मीहरु मुलभूमी चीनसँगको नाका बन्द गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिए । आन्दोलनको पाँचौ दिनमा सरकारले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, सेन्झेन बे र मकाउ–जुहाई पुलबाहेक सबै नाका बन्द गर्यो ।

संक्रमण उच्च भएको अवस्थामा विद्यालय, कार्यालय, खेलकुद भवन, पौडी पोखरी, ब्युटी पार्लर, मसाज सेन्टर, बार, पार्कलगायत बन्द गरियो । यसैगरी, रेष्टुरेन्ट, बारलगायतका व्यापार व्यावसाय रातको समयमा बन्द गरिएको छ ।

मार्च २, २०२० का दिन संक्रमितको संख्या १ सय जना पुगेको थियो । कोभिड–१९ देखा परेदेखि नै यहाँ उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । विशेष गरेर भीडभाडलाई नियन्त्रण गरेर सामाजिक दूरीको नियमलाई कडा पारिएको छ । सार्वजनिक स्थलमा २ जना भन्दा बढी बस्न नपाइने नियम लागू गरिएको थियो ।

यसलाई अवस्था अनुसार खुकुलो र कडा गर्ने गरिएको छ । फेस मास्क अनिवार्य गरिएको छ । संक्रमण उच्च भएको अवस्थामा विद्यालय, कार्यालय, खेलकुद भवन, पौडी पोखरी, ब्युटी पार्लर, मसाज सेन्टर, बार, पार्कलगायत बन्द गरियो । यसैगरी, रेष्टुरेन्ट, बारलगायतका व्यापार व्यावसाय रातको समयमा बन्द गरिएको छ ।

रोग नियन्त्रणमा सुधार देखिएपछि बन्द गरिएका सार्वजनिक स्थलहरु चरणवद्ध रुपमा खोलिएका छन् । सुरुवातमा विश्वविद्यालय त्यसपछि क्रमशः उच्च माध्यमिक, माध्यमिक, प्राथमिक विद्यालयहरु खुलेका थिए । सामाजिक दूरीको नियम २ बाट ४, ८, १६ गर्दै ५० जनासम्म पुर्याइएको थियो । जुन ८, २०२० मा ओसियन पार्क र १३ मा डिस्नी ल्यांण्ड खुला गरिएको थियो ।

२१ दिनसम्म लगातार संक्रमितको संख्या शून्य भेटिएपछि महामारी नियन्त्रणमा आएको विश्लेषण भइरहेको अवस्थामा जुलाई ५ का दिन एक रेष्टुरेन्टका कामदारमा कोरोना पुष्टि भएपछि पुनः खतराको घण्टी बज्यो । जुलाई १९ का दिन संक्रमितको संख्या १०८ पुगेसँगै दोस्रो लहरको घोषणा गरियो । पुनः सार्वजनिक स्थलहरु बन्द हुन थाले भने ५० जनासम्मको भेला हुन पाउने नियमलाई ४ जनामा झारियो ।

संक्रमितको संख्या तल–माथि भएको अवस्थाको आधारमा अहिलेसम्म हङकङमा चौथो लहर चलिसकेको छ । जुन १, २०२१ मा स्थानीय संक्रमित १ रह्यो भने बाहिरबाट आउने ६ जनामा संक्रमण पुष्टि भएको थियो । केही समय अघिदेखि कतिपय दिन स्थानीय संक्रमण शून्य रहेकाले महामारी नियन्त्रणमा आउने सम्भावना बढेको छ ।

अहिलेसम्मको अवस्थामा हङकङको स्थिति नियन्त्रण बाहिर गएको छैन । यसका लागि सरकार, कर्मचारी, स्वास्थ्यकर्मी र सर्वसाधारण सबै आफ्नो काम र कर्तव्यमा दत्तचित्त भएर लागेका छन् ।

मे १ सम्मसम्म यहाँ संक्रमितको संख्या ११ हजार ८४९ पुगेको छ भने ११ हजार ५ सय ७२ जना निको भइसकेका छन् । हालसम्म २ सय १० जनाको मृत्यु भएको छ । यसैगरी, ६७ जना उपचाररत छन्, ती मध्ये १ जनाको स्थिति गम्भीर रहेको स्वास्थ्य विभागले जनाएको छ ।

हङकङले यसरी गर्यो कोरोना नियन्त्रण !

अहिलेसम्मको अवस्थामा हङकङको स्थिति नियन्त्रण बाहिर गएको छैन । यसका लागि सरकार, कर्मचारी, स्वास्थ्यकर्मी र सर्वसाधारण सबै आफ्नो काम र कर्तव्यमा दत्तचित्त भएर लागेका छन् । महामारी नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिएका छन् । ती उपायहरु अन्य ठाउँका भन्दा पृथक देखिएका छन् ।

कतिपय मुलुक र ठाउँमा हप्तौं र महिनौं लकडाउन गरिएको भए पनि हङकङमा त्यसो गरिएको छैन । सघन संक्रमित भेटिएको क्षेत्रमा त्यहाँ बसोबास गर्ने सम्पूर्णको पीसीआर टेस्टका लागि निश्चित समयको लागि घेराबन्दी गरिने गरिएको छ । अहिलेसम्ममा नेपालीको घना बस्ती रहेको जोर्डनमा ३६ घण्टे घेराबन्दी गरिएको छ । अरु क्षेत्रमा १२ घण्टामा घेराबन्दी हटाइएको छ ।

महामारी नियन्त्रणका लागि पीसीआर परीक्षणलाई जोड दिइएको छ । सबैको निःशुल्क पीसीआर परीक्षण गरिएको छ । निर्माण क्षेत्र र रेष्टुरेन्टका कामदार र घरेलु कामदारलाई १४ दिने पीसीआर टेस्ट अनिवार्य गरिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका लागि सरकारले लिभहोमसेफ नामको मोवाइल एप्स डेभलप गरेको छ । रेष्टुरेन्ट, बार, कार्यालय लगायतका मानिसको आवात–जावत हुने स्थलमा उक्त एप्सको स्क्यान कोड राखिएका छन् । जो कोहीले उक्त स्थलमा प्रवेश गर्दा कोडलाई स्क्यान गर्नु पर्छ भने बाहिर निस्कदा मोबाइलमा इन्ट्रि गर्न पर्छ । एप्स नहुने र प्रयोग गर्न नचाहनेले त्यहाँ राखिएको फारममा सम्पर्क नं. र समय भर्नु पर्ने हुन्छ ।

परीक्षणमा जोड

महामारी नियन्त्रणका लागि पीसीआर परीक्षणलाई जोड दिइएको छ । सबैको निःशुल्क पीसीआर परीक्षण गरिएको छ । निर्माण क्षेत्र र रेष्टुरेन्टका कामदार र घरेलु कामदारलाई १४ दिने पीसीआर टेस्ट अनिवार्य गरिएको छ ।

विदेशबाट आउनेले ४८ घण्टा अगाडि पीसीआर टेस्ट गरेको रिपोर्ट हुनुपर्छ भने हङकङ विमानस्थलमा पुनः टेस्ट गरिन्छ । कसैको पोजिटिभ देखिए उसलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ । बाहिरबाट आउनेलाई २१ दिने होटल क्वारेन्टिन अनिवार्य गरिएको छ ।

सुरुवातमा सेल्फ क्वारेन्टिन लागू गरिएको थियो । बाहिरबाट आउने जो कोही १४ दिन घरभित्र अनिवार्य बस्नु पथ्र्यो । त्यसका लागि क्वारेन्टिनमा रहनेको नाडीमा विशेष किसिमको आर्मव्याण्डको व्यवस्था गरिन्छ । जसको सहायताले उनी बाहिर निस्किएको सम्बन्धित निकायले सुपरिवेक्षण गर्छ ।

पहिलो चरणमा ६५ वर्ष भन्दा माथिका नागरिकलाई खोपको प्राथमिकतामा राखेर खोप लगाइएको थियो । क्रमशः अहिले १८ वर्ष भन्दा माथिका जोकोहीले अग्रिम बुकिङ गरी खोप लिन सक्नेछन् ।

अहिले दोस्रो लहरमा बाहिरबाट आउनेहरुका लागि क्वारेन्टिनको व्यवस्था गरिएको छ । उनीहरुको १४ दिने क्वारेन्टिनका लागि सरकारले खाने—बस्नेलगायतको व्यवस्था गरेको छ । पछिल्लो अवस्थामा भने व्यक्ति आफैंले २१ दिनका लागि होटलको व्यवस्था गर्नु पर्ने अनिवार्य गरिएको थियो । यो अवधिमा प्रत्येकको ३ पटक पीसीआर टेस्ट गर्ने गरिएको छ ।

निःशुल्क उपचार, निःशुल्क क्वारेन्टिन

हङकङमा स्वास्थ्य निःशुल्क रहेकाले कोभिड–१९ का विरामीको उपचारमा शुल्क लाग्ने कुरा भएन । विरामीको परिवारलाई पनि सरकारले निःशुल्क क्वारेन्टिनको व्यवस्था गरेको छ । यसका लागि सरकारले पेन्नी बे लगायतको स्थानमा क्वारेन्टिन क्याम्पको व्यवस्थासमेत गरेको छ । कतिपय भवनका दुई–चारजना संक्रमित भेटिए उक्त भवनका सम्पूर्णलाई क्वारेन्टिनमा राख्ने गरिएको छ ।

उपचारका लागि स्थानीय अस्पताल भन्दा छुट्टै सामुदायिक अस्पतालकोसमेत व्यवस्था गरिएको छ । हङकङ विमानस्थल नजिकैको एसिया वल्र्ड ट्रेड सेन्टरलाई ५ सय शैयाको अस्थायी सामुदायिक अस्पतालमा रुपान्तरण गरिएको छ । संक्रमितको अवस्था हेर्ने हो भने वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर भएका दीर्घ रोगीहरु गम्भीर अवस्थामा पुग्ने गरेका छन् । मृत्यु हुने पनि तिनैको संख्या बढी रहेको छ ।

कोभिड–१९ नियन्त्रणमा लिन खोपको विकल्प नदेखिएको अवस्थामा हङकङले यसलाई प्रभावकारी रुपमा अघि बढाएको छ । पहिलो चरणमा ६५ वर्ष भन्दा माथिका नागरिकलाई खोपको प्राथमिकतामा राखेर खोप लगाइएको थियो । क्रमशः अहिले १८ वर्ष भन्दा माथिका जोकोहीले अग्रिम बुकिङ गरी खोप लिन सक्नेछन् । हङकङले चीनमा निर्मित साइनो भ्याक र अमेरिकी खोप जर्मनमा बनिएको बायोएनटेकलाई अनुमति दिएको छ ।

ती खोपका १४ दिनको अन्तरमा दुई मात्रा लगाउनु पर्ने हुन्छ । बायोएनटेकलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १२ वर्षसम्मका लागि अनुमति दिएसँगै हङकङले त्यसको तयारी गरिरहेको छ । खोपका लागि विभिन्न केन्द्रको व्यवस्था गरिएको छ । निजी अस्पतालमा जो कोहीले सशुल्क पनि खोप लिन सक्ने व्यवस्था गरिएको छ । जुन १ सम्ममा १४ लाखले खोप लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । यस मध्ये १० लाख ३४ हजार जनाले दुवै मात्राको खोप लिइसकेका छन् ।

डब्लूएचओले कूल जनसंख्याको ७० प्रतिशतले खोपको दुवै मात्रा लिएपछि संक्रमणको जोखिम न्यून (हर्ड इम्युन) हुने भनेको छ । अहिलेसम्ममा हङकङको कूल जनसंख्या ७५ लाखको १८.७ प्रतिशतले खोप लिइसकेका छन्, त्यसमध्ये दुवै मात्रा लिनेको प्रतिशत १३.८ रहेको छ । तर, यो सरकारले अपेक्षा गरेको भन्दा न्यून हो ।

व्यापार—व्यावसायको प्रकृति र आकार अनुसार न्युनतम ३० हजार, ८० हजार गरी दुई लाखसम्म तीन चरण राहत वितरण गरेको छ । अधिकांश कम्पनीलाई कूल कर्मचारीको प्रति महिना ८० प्रतिशतसम्म प्रति व्यक्ति अधिकतम मासिक ९ हजार गरी ६ महिनाको तलब रकम प्रदान गरेको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी ट्राभल्स एण्ड टुर्स, फुड एण्ड बेभेरेज (रेष्टुरेन्ट, बार, पार्टी प्यालेस, ब्याङकेट), ब्युटी पार्लर, मसाज सेन्टर, जिम हललगायत प्रभावित भएका छन् । यसबाट सबै क्षेत्र केही न केही प्रभावित भएको छ । यसका कारण कतिपयले रोजगार गुमाउनु परेको अवस्था हङकङमा पनि छ ।

व्यावसायीलाई राहत र सहुलियत ऋण

कोभिड–१९ को प्रभाव न्यूनिकरणका लागि हङकङ सरकारले विभिन्न राहत वितरण गरेको छ । यसका लागि व्यापार—व्यावसायको प्रकृति र आकार अनुसार न्युनतम ३० हजार, ८० हजार गरी दुई लाखसम्म तीन चरण राहत वितरण गरेको छ । अधिकांश कम्पनीलाई कूल कर्मचारीको प्रति महिना ८० प्रतिशतसम्म प्रति व्यक्ति अधिकतम मासिक ९ हजार गरी ६ महिनाको तलब रकम प्रदान गरेको छ ।

महामारीकै कारण आम्दानीमा ३० प्रतिशत भन्दा बढी घाटा लागेको कम्पनीलाई व्यावसायिक घर भाडा र सम्पूर्ण कर्मचारीको एक वर्षको शतप्रतिशत तलब बराबर रकम सहुलियत व्याजमा ऋण बैंकमार्फत सरकारले उपलब्ध गराएको छ । उक्त ऋण पाँच वर्षभित्र किस्ताबन्दीमा चुक्ता गर्नुपर्ने छ । एक वर्षसम्मका लागि किस्तामा व्याजमात्र तिर्नका लागि आवेदन गर्न सक्ने व्यवस्था गरेको छ ।

एक प्रपर्टी डेभलपर कम्पनीले पूर्ण खोप लिने स्थायी बासिन्दामध्ये एकलाई चिट्ठामार्फत १ करोड ५ लाखको फ्लाट र १० जनालाई एक—एक लाखको प्रिपेड क्रेडिट कार्ड दिने घोषणा गरेको छ ।

जनताको क्रयशक्ति वृद्धि र स्थानीय व्यापार चलायमानका लागि सरकारले गत वर्ष १८ वर्ष पुगेका प्रत्येक स्थायी बासिन्दालाई १० हजार हङकङ डलर प्रदान गरेको थियो । व्यापार–व्यावसायमा प्रभावकारी चलायमानका लागि यस वर्ष सरकारले नगद नदिएर ५ हजार डलरको भौचर दिने भएको छ । उक्त भौचर अक्टुपस, अलि पे, वि च्याट पे र ट्याप एण्ड गोजस्ता स्टोर्ड भ्यालु फ्यासिलिटिमार्पmत प्रयोग गर्न सकिने छ ।

खोप लगाउनेलाई चिट्ठा

खोप लगाउनेको संख्या अपेक्षा गरिएको भन्दा निकै कम भएकाले सरकारसंगै निजी क्षेत्र पनि चिन्तित देखिएको छ । हर्ड इम्युनको स्थिति नभएसम्म सर्वसाधरणमा जोखिम रहने भएकोले खोप कार्यक्रम प्रभावकारिकताका लागि विभिन्न प्रयास हुन थालेका छन् । यसै क्रममा एक प्रपर्टी डेभलपर कम्पनीले पूर्ण खोप लिने स्थायी बासिन्दामध्ये एकलाई चिट्ठामार्फत १ करोड ५ लाखको फ्लाट र १० जनालाई एक—एक लाखको प्रिपेड क्रेडिट कार्ड दिने घोषणा गरेको छ ।



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको