English

कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा



कोरोना भाइरसको संक्रमणबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । संक्रमण भएकालाई बाहिरका खाने कुरा खुवाउनु भन्दा घरमै भएका खाना खुवाउनु राम्रो हुन्छ । संक्रमित वा संक्रमण मुक्त भइसकेपछि एकदमै कमजोर अनुभव हुन्छ । त्यसकारण संक्रमितले प्रशस्त मात्रमा पानी पिउने, झोलिलो र पोषणयुक्त खाना खानुपर्छ । संक्रमितले के–के खाने कुराको झोल खानु उपयुक्त हुन्छ ? भन्नेबारे जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीको सुझाव यस्तो छः

– घरमै बनाइने सबै किसिमको दालको झोल खाने ।

– क्वाटी वा टुसा उमारिएको गेडागुडीको झोल खाने ।

– विभिन्न किसिमको तरकारीहरुको झोल ।

– चना, पर्बल र आलुको तरकारीको झोल

– माछा र मासुको झोलिलो बनाएर खान सक्नुहुन्छ ।

– भटमास भिजाएर यसको रस बनाएर खान सक्नुहुन्छ ।

– यस्तो समयमा शरीरलाई प्रोटीनको एकदमै आवश्यक पर्ने भएकाले प्रोटीनयुक्त खाना खाने ।

– संक्रमित भएकालाई एकैपटक खान मन नलाग्ने भएकाले दिनभरी झोल पदार्थहरु थोरै–थोरै गरी खाई रहनु पर्दछ ।

– यस्तो समयमा दूध राम्रो हुन्छ । तर दूध नपच्नेलाई र गर्मी भएकोले दही र मोही खुवाउनु पर्छ ।

– शरीरलाई प्रोटीन चाहिने भएकोले रोटी, दाल र भातमा जुन खानेकुरा मन पर्छ त्यही खानुपर्छ ।

– यसका साथसाथै घरको भान्सामा पाइने सबै खान खानु राम्रो हुन्छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्