English

यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)

बहराइनमा देखेको सपना नेपालमा भयो पूरा


गत वर्षको भदौमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा पहिलोपटक नेपाल आएका थिए । हिमाल धेरै मनपराउने उनको सगरमाथा आरोहण ठूलो सपना थियो । उतिबेला आरोहण तयारीका लागि आएका राजकुमार मोहम्मदले लोबुचे र मनास्लुको सफल आरोहण गरी स्वदेश फर्किए ।
करिव एक महिनाअघि सगरमाथाको चुचुरो चुम्ने लक्ष्यसहित उनीसहितको १६ सदस्यीय टोली पुनः नेपाल आएको हो । धेरै गर्मी मानिने बहराइनका नागिरक उनले सगरमाथाको वातावरणसँग घुलमिल हुँदै चुचुरो चुम्ने लक्ष्य पूरा गरेका छन् । राजकुमारको टोलीले मंगलबार बिहान ५:३० देखि ६:४५ का बीचमा सगरमाथाको सफल आरोहण गरेको हो । बहराइनमा देखेको उनको सपना नेपालमा पूरा भएको छ । यो टोली सिजनकै पहिलो विदेशी आरोहण दल समेत बन्न पुग्यो । सगरमाथासँग लोभिएका राजकुमार हिमालको काखमा धेरैदिन लुटपुटिए । कञ्चन हिमाल हुँदै बगेका सेता खहरे खोला, खुला आकाश र मन मिल्ने दौंतरी उनलाई सगरमाथाको चुचुरोमा जान हौंसला थपिरहे । जो हामीले उनका फोटो र भिडियोमा देख्न सक्छौँ ।

भिडियो हेर्न पुछारमा रहेकाे प्ले बटनमा क्लिक गर्नुहोस् ।

भिडियो हेर्न प्ले बटनमा क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्

अमेरिकाबाट हिमाल मुनिको यात्रा

के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested