सम्झनामा प्रेमध्वज
प्रेमध्वजलाई यसरी सम्झन्छन् दौंतरी
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ । ९ दिनअघि कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका प्रधानको ८४ वर्षको उमेरमा निधन भएको हो । योसँगै नेपाली सांगीतिक क्षेत्रले एक अजर–अमर गायकलाई गुमाएको छ ।
वि.सं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनले वि.सं २००९ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका थिए ।
‘यो नेपाली शिर उचाली…’ प्रधानको पहिलो लिपिवद्ध गीत थियो जसमा उनलाई स्वर्गीय गायिका तारादेवीले साथ दिएकी थिइन् । ‘पर लैजाउ फूलहरु, घुम्तीमा नआउ है, तिमीलाई अचेल कहाँ देखुँ, गोरेटो यो गाउँको लगायतका उनका थुप्रै गीत हिटको सूचीमा छन् ।
नेपाली सांगीतिक क्षेत्रका उनका दौंतरी मृत्युको खबरले स्तब्ध छन् । प्रधानलाई उनीहरु यसरी सम्झन्छन् :
मैले लेखेका थुप्रै गीत उहाँले गाउनुभएको छ । २०२९ सालमा पहिलोपटक मेरो गीत गाउनुभएको थियो । उहाँले नेपाली सेनाका लागि पनि धेरै गीत गाएर सहयोग गर्नुभएको छ ।
राजेन्द्र थापा, गीतकार
२००९ सालपछि नेपाली सांगीतिक क्षेत्रमा प्रेम दाई र तारादेवीको राज थियो । उहाँहरुले लामो समयसम्म सांगीतिक क्षेत्रलाई हाक्नुभयो । सिन्धुपाल्चोकमा जन्मिनुभएको उहाँ सुरुमा लाजिम्पाटमा बस्नुहुन्थ्यो । विवाह गरेपछि वागबजार सर्नुभएको थियो । उहाँलाई गोल्डेन भ्वाइस अफ एसियाको उपाधि दिइएको थियो । उहाँले लामो समय भारतमा पनि बिताउनुभयो । कतिपय भारतीय कलाकारले उहाँलाई उतै बस्न आग्रह पनि गरेका थिए तर, मान्नुभएन ।
बुबाले अन्तर्जातीय विवाह गरेकाले आमालाई घरपरिवारले स्वीकारेको थिएन । त्यसैले उहाँ आमासँग धेरै निकट हुनुहुन्थ्यो । आमा पनि राजदरवारमा गीत गाउनुहुन्थ्यो । हाम्रो भेटमा आमाबाटै सांगीतिक क्षेत्रमा पाइला चाल्न प्रेरणा मिलेको सुनाउनुहुन्थ्यो । काकाहरुले बुबा बितेपछि आमाको नाममा रहेको सबै धनसम्पत्ती खाइदिए । तैपनि उहाँले मुस्कुराएर लड्न छोड्नुभएन ।
पछिपछि कोही केटी आएको देखे भने जिस्किँदै ‘ओइ हेर मलाई देखेर त्यो केटी पछि पछि आइरहेकी छे’ भन्थे । प्रेमध्वजसँगको यिनै कुराहरु अहिले झलझली आँखाअघि तेर्सिएका छन् ।
मैले लेखेका थुप्रै गीत उहाँले गाउनुभएको छ । २०२९ सालमा पहिलोपटक मेरो गीत गाउनुभएको थियो । उहाँले नेपाली सेनाका लागि पनि धेरै गीत गाएर सहयोग गर्नुभएको छ । २०४२ तिरको कुरा हो । राती सेनाले रंगशालामा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । त्यतिबेला अमर गुरुङ दाई पनि हुनुहुन्थ्यो । तर प्रेम दाईले फरक–फरक प्रकारले आधा घण्टाको प्रस्तुति दिनुभयो । कार्यक्रम सकिएपछि अमर दाईले भन्नुभएको मलाई अझै याद छ । त्यतिबेला उहाँले ‘प्रेममात्र एउटा त्यस्तो गायक हो, जसले फरक जनराका गीतलाई लामो समयसम्म नडराई प्रस्तुति दिए ।’
पुरुषमा प्रेमध्वज र महिलामा तारादेवीको जति गीत अहिलेसम्म कसैले पनि गाउन सकेको छैन । तर, राज्यले उहाँको खिल्ली उडायो । लाजै लाग्ने भएपछि २०५९ सालतिर होला ‘गोरखा दक्षिण बाहु’ले सम्मान गरेको थियो । उहाँले भारतीय अभिनेत्रीसँग विवाह गर्ने सोच बनाउनुभएको थियो । तर, आमाले अन्तरजातीय भएकै कारण पीडा भोगेको हुनाले फेरि त्यही दोहोरिने हो कि भनेर सिन्हासँग विवाह गर्नुभएन । त्यसैले पनि उहाँको धेरै ढिला विवाह हुन पुग्यो । म उहाँको एउटा पारिवारिक सदस्य जस्तै थिएँ । आज उहाँको निधनले अतालिएको छु ।
भौतिक रुपमा उपस्थित भएर उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने ठूलो इच्छा हुँदा हुँदै पनि कोरोनाले त्यो मौका दिएन । मेरा लागि कोरोनाले गरेको सबैभन्दा ठूलो दुस्मनी यही हो । उहाँको स्वर्गमा बास होस् मेरो कामना ।
नीर शाह, अभिनेता
उहाँसँग मेरो पहिलो भेट रेडियो नेपालमा गीत रेकर्डिङको क्रममा भएको थियो । उहाँको नरम स्वभाव, मृदूभाषी, असाध्यै शालिन, कम बोल्ने र हँसिलो स्वभावले मलाई साह्रै लोभ्याउँथ्यो ।
२० औं दशकको कुरा हो । त्यतिबेला काठमाडौंमा अमेरिकी गायक द्धय एलभिस प्रेस्ले, क्लिफ रिचर्डको प्रभाव थियो । जब प्रेमजीको गीत आउन थाले । त्यसपछि उहाँलाई नेपाली क्लिफ रिचर्ड भन्न थालियो । किनभने उहाँको अनुहार अलिअलि रिचर्डसँग मिल्थ्यो ।म भन्दा सिनियर भएकाले उहाँप्रति मेरो सधैं सम्मान रहन्थ्यो । मेरो शब्द रहेको ‘तिमी मेरो मदहोस बन’ र ‘मैले मेरो मायालाई टाढा–टाढा छोडेर आएँ’ भन्ने गीत गाउनुभएको छ । यसैगरी मेरा २ वटा चलचित्रका गीतमा पनि उहाँकै स्वर छ ।
उहाँसँग करिव डेढ महिनाअघि एउटा सम्मान समारोहमा भेट भएको थियो । त्यतिबेला कहिल्यै नसुनेको नदेखेको कोरोनाकै बारेमा कुरा भएको थियो । त्यसयता उहाँसँग कुराकानी हुन पाएको थिएन । केही दिन अघि बिरामी भएर अस्पताल भर्ना हुनुभयो रे भन्ने सुन्दा निकै चिन्ता लागेको थियो । तर, आज एक्कासी मृत्युको समाचार कानमा बजारिँदा विक्षिप्त भएको छु । भौतिक रुपमा उपस्थित भएर उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने ठूलो इच्छा हुँदा हुँदै पनि कोरोनाले त्यो मौका दिएन । मेरा लागि कोरोनाले गरेको सबैभन्दा ठूलो दुस्मनी यही हो । उहाँको स्वर्गमा बास होस् मेरो कामना ।
साँखुको नयाँ सडकमा एउटा अमेरिकन लाइब्रेरी थियो । उनी त्यहाँबाट रिटायर्ड हुन् । यो कुरा अहिलेका नयाँ पुस्तालाई थाहै छैन । २०२१–२२ सालको कुरा हुनुपर्छ ।
यादव खरेल, गीतकार
उनीसँग मेरो वि.सं २०१७ सालतिर पहिलो भेट भएको थियो । त्यतिबेला सबै कलाकार जाने ठाउँ रेडियो नेपाल नै थियो । त्यहाँ २०१६ देखि नै मैले कार्यक्रम चलाउँथे । उनी सिन्धुपाल्चोकका र म काभ्रेपलाञ्चोकको । हामी एकदमै मिल्ने साथी हौँ । पहिल्यैदेखि दुवैको घरमा आउने जाने हुन्थ्यो । अत्यन्त सरल, कुनै घमन्ड नभएको, अरुको कुरा नगर्ने रिसराग नभएका अन्तर्मुखी प्रतिभाका धनी थिए ।
साँखुको नयाँ सडकमा एउटा अमेरिकन लाइब्रेरी थियो । उनी त्यहाँबाट रिटायर्ड हुन् । यो कुरा अहिलेका नयाँ पुस्तालाई थाहै छैन । २०२१–२२ सालको कुरा हुनुपर्छ । हामी माईतीघर चलचित्रका लागि बम्बई गएका थियौँ । अर्को कुरा प्रेमध्वज, योगेश वैद्य र म मिलेर प्रतिलिपी अधिकार हनन गर्ने संस्थाहरुविरुद्ध आवाज उठायौँ । उनले पनि यसमा साथ दिएका थिए ।
उनीसँगका केही रमाइला यादहरु पनि छन् । अग्लो कद, हँसिलो अनुहार, हेर्दा पनि राम्रा थिए । जसले गर्दा उनको पछि केटीहरुको लाइन हुन्थ्यो । उनी मनमा कुरा राख्नै सक्दैनथे । पछिपछि कोही केटी आएको देखे भने जिस्किँदै ‘ओइ हेर मलाई देखेर त्यो केटी पछि पछि आइरहेकी छे’ भन्थे । प्रेमध्वजसँगको यिनै कुराहरु अहिले झलझली आँखाअघि तेर्सिएका छन् ।
कोरोना भाइरसका कारण एक वर्ष यता भेट हुन सकेको थिएन । तर, फोनबाट भने कुरा भइराखेको थियो । उहाँको निधनले नेपाली गीत–संगीत साच्चै टुहुरो भएको छ ।
दीप श्रेष्ठ, गायक
साह्रै राम्रो स्वभाव, सरल व्यक्ति, अत्यन्त मिलनसार हुनुहुन्थ्यो । म १२ वर्षको हुँदा उहाँसँग विराटनगरमा पहिलो भेट भएको थियो । म त्यतिबेला वाद्यवादनमा संलग्न थिएँ । विराटनगरमा भएको त्यो कार्यक्रममा उहाँले गीत गाउँदा मैले बाजा बजाएको थिएँ ।
त्यसपछि हाम्रो भेट २०२५ सालमा राष्ट्रिय नाचघरमा भएको थियो । त्यहाँ राजा महेन्द्र पनि आउनु भएको थियो । त्यहाँ मैले गीत गाउने मौका पाएँ । त्यसपछि रेडियो नेपालमा नियमित भेट हुन थाल्यो ।
कोरोना भाइरसका कारण एक वर्ष यता भेट हुन सकेको थिएन । तर, फोनबाट भने कुरा भइराखेको थियो । उहाँको निधनले नेपाली गीत–संगीत साच्चै टुहुरो भएको छ ।