English

चनुको ‘बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स ( भिडियो )



गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस  गीतमा रवि के अधिकारीको शब्दहरूलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्ध गरेका छन्। गीतको मिक्स र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन् ।

भिडियोलाई आकर्षक बनाउन मेकअपमा समारा जोशी र क्यामेरामा दिनेश पराजुलीले साथ दिएका छन्। भिडियोमा करुणा श्रेष्ठ र आकाश श्रेष्ठले प्रेमिल जोडीको भूमिका निर्वाह गरेका छन्। भिडियोले विशेष रूपमा प्रेम सम्बन्धमा आउने उतारचढाव र सँगै बिताएका रमाइला क्षणहरूलाई प्रस्तुत गरेको छ, जसले प्रेमको गहिराइलाई दर्शाउँछ।

चनु थापा निर्मात्री रहेको यस भिडियोलाई निर्देशक निकेश खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको हो।  भिडियोको सम्पादन  बिकाश धमलाले गरेका हुन्। यो म्युजिक भिडियोले  धेरैको मन जित्ने अपेक्षा गरिएको छ। निर्माण टिमले सबैलाई हेरेर सुनेर  प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०