आस्मा बनिन् मिस नेपाल वर्ल्ड २०२४ (फोटो फिचर)
मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् । काठमाडौं निवासी २६ वर्षिया आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । मिस नेपालको यात्रा तय गर्न आफूले थुप्रै चुनौती सामना गर्नुपरेको सुनाइन। यो यात्रामा परिवारले पनि उत्तिकै साथ र सहयोग गरेको उनको भनाइ छ ।