English

नेपालमा भेटियो नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’

‘फुस्रो सारौं’ भेटिएसँगै नेपालमा चराको संख्या ८९५ पुगेको छ


नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ । यो सँगै नेपालमा चरा प्रजातिको संख्या ८९५ पुगेको समेत पन्छीविद संघले विज्ञप्तिमार्फत जनाएको छ । चराविद शंकर तिवारीले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा उक्त चरा फेला पारेका हुन । विदेशी पाहुनाको साथमा पदयात्रा तथा चरा अवलोकन गर्ने क्रममा तिवारीले गत वैशाख २५ गते बिहान ८ बजेर ४९ मिनेटमा सो चरा देखेका थिए । तिवारीले सो चराको फोटोलाई पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका हुन ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुको समेत सल्लाह सुझाव र अध्ययन पश्चात उक्त चरा नेपालका लागि नयाँ भएको निष्कर्षमा पुगेको नेपाल पन्छीविद संघले जनाएको छ । संघका अनुसार उक्त चराको अंग्रेजी नाम White-cheeked Starling  र वैज्ञानिक नाम Spodiopsar cineraceus हो । यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रुपमा पाइन्छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्याण्डमा फिरन्ते चराको रुपमा रेकर्ड भएको छ । यो चरा नेपालको छिमेकी देश चीनका विभिन्न ठाउँमा पाइने र त्यहाँ प्रजनन पनि गर्ने नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ । नेपालका लागि नयाँ चरा अभिलेख गर्न योगदान गरेकामा कमिटीले तिवारी र सँगै रहनु भएका पदयात्री : Matthew Withraw पदयात्री लाई धन्यवाद समेत व्यक्त गरेको छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०