English

राष्ट्रिय क्रिकेट टीम हाइपरफरमेन्स क्याम्पका लागि नागपुरमा



नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र छनौटको तयारी स्वरुप टिम भारत पुगेको हो ।

१९ औं एसियाली खेलकुद एसियाड खेलेर स्वदेश फर्किएको भोलिपल्टै टोली नागपुर प्रस्थान गरेको हो । । एशियन गेम्स खेल्ने टीममा नपरेका केहि खेलाडी भने त्यसअघि नै नागपुर पुगिसकेका थिए ।
नेपालले आइसिसी ती (२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म काठमाडौँमै खेल्दै छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी( २० विश्वकपमा छनौट हुने छन् । नेपाललाई यस छनौट प्रतियोगिताको उपाधिको प्रमुख दाबेदार मानिएको छ । विश्वकप छनोट अघि नेपालले युएई र हङकङसहित त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०