English

एघार आरोहीद्वारा चोयुको सफल आरोहण

सेभेन समिट ट्रेक्सको टोलीले विश्वको छैठौं अग्लो ८,१८८ मिटर अग्लो हिमाल शुक्रबार बिहान ४ः३० बजे आरोहण गरेको हो ।


एघार जना आरोही टोलीले शुक्रबार बिहान माउन्ट चोयुको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सको उक्त टोलीले विश्वको छैठौं अग्लो ८,१८८ मिटर अग्लो हिमाल बिहान ४ः३० बजे आरोहण गरेको हो ।

आरोहण दलको नेतृत्व अनुभवी आरोही छाङ दावा शेर्पाले गरेका थिए । सेभेन समिटका निर्देशक छाङ दावा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमाल आरोहण गर्ने दोस्रो नेपाली आरोही हुन् । अक्टोबर १ गते नेपालबाट पदयात्राका लागि निस्किएको टोली सिधै शिशापाङ्माको आधार शिविरमा जाने र मौसमले अनुमति दिएमा सगरमाथासम्म पुग्ने कार्यक्रम रहेको उनले जानकारी दिए । आरोहण टोलीले चो ओयु र शिशापाङ्मालाई जित्ने प्रयासमा यो उपलब्धि हासिल गरेको हो । सेभेन समिट नेपालको अग्रणी ट्रेकिङ एण्ड एक्सपेडिसन कम्पनी हो ।

चोयुको सफल आरोहण गर्ने नेपालीहरुमा निमा रिन्जी शेर्पा, पासाङ नुरबु शेर्पा, मिङ्तेम्बा शेर्पा, गेल्जे शेर्पा, लाक्पा नुरु शेर्पा, दावा नुरबु शेर्पा रहेका छन् । अन्य विदेशी आरोहीहरुमा शेहरोज काशिफ (पाकिस्तान), एड्रियाना ब्राउनली (युके), च्यान को इर (ताइवान), डोरोटा लिडिया (पोल्याण्ड), एलिना पेकोभा (रूस) छन् ।

तस्बिर : सेभेन समिट ट्रेक्स



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested