English

फरक क्षमता भएका बालबालिका सहयोगार्थ ‘वरदान सुर–सन्ध्या’



सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना गरियो । उक्त रमाईलो र रोचक कार्यक्रममा सहभागी हुने क्रममा प्रख्यात अभिनेत्री मनिषा कोइरालाले नेपाली सेनाको योगदान बारे प्रस्तुति दिइन । नायिका करिश्मा मानन्धर, स्वस्तिमा खड्का, प्रदिप खड्काको नृत्यले दर्शकलाई निकै मनोरंजन प्रदान गरेको थियो ।

गायकहरु प्रकाश सपुत, इन्दिरा जोशी, शिवानी मोक्तान, कर्ण दास, स्वप्न सुमन लगायतले समेत दर्शकलाई मोहित बनाए । मनोज गजुरेलको कमेडी दर्शकका लागि बेग्लै खुराक बन्यो । मिस नेपाल रुबी राना लगायतले फरक क्षमताका बालबालिकासँग स्टेजमा प्रस्तुति दिएका थिए । उक्त समारोहमा सैनिक ब्याण्ड र शार्दुल्जंग गुल्मका बाध्यवादक हरुले प्रस्तत गरेको रोचक सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई रोमाञ्चक बनाएको थियो ।

करिब साढे दुई घन्टाको मनोरंजनात्मक कार्यक्रमको संचालन सुगारिका केसी र संजय गुप्ताले गरेका थिए । कार्यक्रमको कन्सेप्ट डिरेक्टर एलिस कार्की र कोरियोग्राफी भावना कार्कीले गरेका थिए । फरक क्षमता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने कार्यको थालनीमा सैनिक श्रीमती संघले उल्लेखनीय योगदान सहभागी सबैले मुक्तकंठले प्रशंसा गरे ।

तस्बिर : विकास रौनियार



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested