English

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स, सम्पर्क नम्बरसहित



कोभिड–१९ महामारीको असहज परिस्थितीमा समस्यामा परेका बिरामीको लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, विराज समाज तथा सामाजिक अभियन्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सुरु गरिएको हो । यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ ।

अभियानको सहयोगार्थ तत्काललाई इन्द्र अन्नपूर्ण लाइन्स, विराज समाज, क्याप्टेन लामा, पूर्वप्रहरी प्रमुख खनाल , शिक्षाकर्मी शाही, डा घिमिरे, अधिवक्ता अधिकारी, व्यवसायी शर्मा, अभियन्ता शाही, कलाकार उप्रेती, घिमिरे, तथा प्रधानले जनही १५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

अभियन्ता प्रधानले कोभिड–१९ महामारीको असहज परिस्थितीमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

अभियानअन्तर्गत गरीब, दुःखी, असहाय वा एम्बुलेन्स सुविधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिका लागि सेवाको भावले आफूहरुले पूर्ण सहयोग गरी सम्भव भएसम्म हस्पिटल पुर्याउने ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले जानकारी दिए । वैशाख १८ गते शनिवारदेखि सुरु गरिएको अभियानअन्तर्गत कोभिडका बिरामीलाई उनीहरुले चाहेका अस्पताल पुर्याउने तथा अक्सिजनको व्यवस्थापनको कार्य गर्दै आएको उनले बताए । दैनिक ४० देखि ५० बिरामीले यो सेवा लिइरहेका छन् । आईतवार दुई सयभन्दा बढी फोन कल आएको र बिरामी व्यवस्थापनमा अभियान सक्रिय रुपमा जुटेको बताइएको छ ।

अहिलेको असहज परिस्थितिमा भौतिक दूरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्नसमेत आग्रह गरेका छन् ।

बिरामीलाई आवश्यकताअनुसार निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सहितको एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । बिरामीले आफूले चाहेको अस्पताल आफैँ छान्न सक्नेछन् । डा घिमिरेले अहिलेको असहज परिस्थितिमा भौतिक दूरी कायम गर्दै मास्क लगाउन र अनावश्यक सिलिन्डर स्टक नगर्नसमेत आग्रह गरेका छन् ।

अभियानको सहयोगार्थ तत्काललाई इन्द्र अन्नपूर्ण लाइन्स, विराज समाज, क्याप्टेन लामा, पूर्वप्रहरी प्रमुख खनाल , शिक्षाकर्मी शाही, डा घिमिरे, अधिवक्ता अधिकारी, व्यवसायी शर्मा, अभियन्ता शाही, कलाकार उप्रेती, घिमिरे, तथा प्रधानले जनही १५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । स्वास्थ्यकर्मी जिता बराल, मुना साधना विश्कर्मा, निर्मल कार्की तथा चालक तेन्जिङ तामाङको टोलीले बिरामीलाई अस्पतालसम्म पुर्याउन आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने विराज समाजका अध्यक्ष रामप्रसाद दाहालले बताए । सेवा लिनका लागि मोबाइल नम्बर ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिनेछ ।



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित