English

दीपक–दीपाको सिनेमा हल आजैदेखि दर्शकका लागि खुला (फोटो फिचर)



कलाकारद्वय दीपकराज गिरीदीपाश्री निरौलाले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज अन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याएका छन् । शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकारहरूको उपस्थितिमा हलको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा दीपकराज गिरीले फिल्म चलाएर आम्दानी हुने रकमको पचास प्रतिशत निर्मातालाई दिने बताएका छन् । अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएका छन् ।

उद्घाटन समारोहमा नेपालका चलचित्रकर्मीहरू मनोज पण्डित, गौरी शंकर धुजु, कृषा चौलागाईं, नरेन्द्र महर्जन, गोपाल कायस्थ, जितु नेपाल, सम्झना उप्रेती रौनियार लगायतको उपस्थिति रहेको थियो ।

४ सय सिट क्षमता भएको दुइटा अडिटोरियम हल छन् । शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो । हलमा बलिउड फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नन २’ पनि प्रदर्शन भइरहेको छ ।

दीपक र दीपाले सिनेमा हल निर्माणका लागि १० करोड रुपैयाँ खर्चिएको बताउँदै आएका छन् ।

तस्बिर : विकास रौनियार

यो पनि…
‘नाङ्गो गाउँ’ को प्रिमियर शोमा कलाकार (फोटो फिचर)
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested