English

सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)



त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज क्वीन’ को रूपमा परिचित गायिका सुनिता दुलालको ‘पियारी’ ले यस्तो माहौंल बनाएको हो । तीजको छेको पारेर हरेक वर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी उनले यस वर्ष पनि तिज गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिकरण समारोहमा अग्रज कलाकार निर शाह, लक्ष्मी गिरी, प्रेम राजा महत, तारा थापा, देविका बन्दना, माण्डवी त्रिपाठी, भगवान भण्डारी देखि रचना रिमालजस्ता उदयमान कलाकारहरू समेत उपस्थिती थियो । लाग्थ्यो यसै दिन माइती पक्षले छोरीहरूलाई दर खान बोलाएका छन् ।

तीजलाई अभिव्यक्त गर्ने एउटा सुन्दरतम तरिका अपनाइएको यस गीतले समग्रमा नेपाली आत्मा बोकेको छ ।

‘तीजलाई अभिव्यक्त गर्ने एउटा सुन्दरतम तरिका अपनाइएको यस गीतले समग्रमा नेपाली आत्मा बोकेको छ’ कलाकार निर शाहले गीतबारे यसो भन्दा भरिभराउ हलमा तालिको पर्रा छुटे । नाम चलेको गीतकार दीपक शर्मा, निर्देशक गम्भीर बिस्ट र गायिका सुनिता दुलालले गाउनु पर्ने गीत यस्तै हुनुपर्ने उनको भनाई थियो ।

यो गीत मात्र नभएर दिदी बहिनी र परिवार समाजमा कसरी मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको छ ।

गायिका दुलालको सभ्यता र शिष्टताबाट प्रभावित भएर एक कल फोनको भरमा नै उक्त गीतमा अभिनय गर्न मन्जुर भएको कलाकार लक्ष्मी गिरीले बताइन् । ‘यो गीत मात्र नभएर दिदी बहिनी र परिवार समाजमा कसरी मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको छ’, उनले थपिन् ।

सोही समारोहमा गायिका दुलालले विभिन्न विधाका ९ नारी लक्ष्मी गिरी, पल्पसा डंगोल, राष्ट्रिय लोकदोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापा मगर, गायिकाहरू तारा थापा, देवीका वन्दना, मान्डवी त्रिपाठी, रचना रिमाल, पूर्व मिस नेपाल उषा खड्गी, मिसेस् नेपाल–बेस्ट पर्सनालिटी लक्ष्मी जोशीलाई तीजको शुभकामनासहित विशेष सम्मान गरिन् ।

संचारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ, डब्लुडब्लुएफका नेपाल प्रमुख घनश्याम गुरुङ, एआईजी टेक बहादुर तामाङ, पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ लगायतको उपस्थिती थियो ।

निर शाह र लक्ष्मी गिरीको विशेष भूमिका रहेको पियारीम गायिका दुलालसँगै अभिनेत्री दीपाश्री निरौला, मोडल लक्ष्मी जोशी लगायतको अभिनय रहेको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ–मास्टरिङको काम गरेका हुन् । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । गीत सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियाे:

यो पनि…
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested