English

यसकारण खाइन्छ साउन १५ मा खीर



साउनमा दूध नखानु, भदौमा दही र माघ महिनामा मोही नखानु भन्ने एउटा मान्यता थियो । दूध खान नभए पनि दूधबाट बनेका परिकारहरू खान हुन्छ भन्ने चलन पनि थियो । त्यसैले, दूध, घिउ प्रशस्त पाइने साउन महिनामा जाडो र वर्षे कामको थकानबाट बच्न खीर खाने चलन पहिलेदेखि कै हो ।

प्राचीन कालमा धानलाई नै दूधमा मज्जाले पकाइन्थ्यो । धान राम्ररी पाकेपछि त्यसबाट रस र धानको छोक्रालाई छुट्टाएर त्यही रसलाई खाने गरिन्थ्यो । पछि त्यो चलन हटेर चामलको खीर खाने प्रचलन सुरु भयो ।

असार १५ मा दही चिउरा, माघे सङ्क्रान्तिमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलन चल्ती छ । कृषि प्रधान देश नेपालमा खीर चलनचल्तीमा रहेको एउटा मिष्टान्न परिकार हो । धेरै जसो चाड पर्व र उत्सवमा खीर पकाएर भोज गर्ने चलन पनि छ ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान् शिवको पूजा गर्ने गर्दछन् । वर्षाको समयमा विभिन्न सङ्क्रमण रोग हुन्छ र खीरले त्यसबाट बचाउन सहयोग गर्छ । खीरले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्दछ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकार खाने चलन छ ।

खीरलाई स्वादिष्ट बनाउन मरीच, ल्वाङ, सुकमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाइको खीर शक्ति बद्र्धक हुनुका साथै रोग निवारक पनि हुन्छ । हाम्रो मानव शरीरलाई चाहिने पोषक तत्त्व पूर्ति गर्न र समय अनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरी थरीका परिकार खाने चलन पहिले देखिनै छ । त्यही चलन अन्तर्गत साउन १५ मा खीर खाइन्छ ।

यो पनि…
साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?
‘साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन’



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested