English

यो समुन्द्रमा कसैले चाहेर पनि डुब्न सक्दैन



तपाईँले सुन्नु भएको होला कि समुद्र धेरै खतरनाक र गहिरो हुन्छ। समुन्द्रमा डुबेर धेरैको ज्यान गएको घटना तपाइले पनि सुन्नु भएको होला । सबैले समुन्द्रमा पौडी खेल्ने हिम्मत गर्दैनन्। केवल एक वास्तविक पौडीबाजले समुद्रमा पौडी खेल्न सक्छ। तर सोच्नुहोस् यदि तपाई पौडिन नजानेर समुद्रमा जानुभयो भने के हुन्छ ? हामी भन्छौ कि जसलाई पौडिन जान्दैन उ समुन्द्रमा डुब्छ। तर के तपाईँलाई थाहा छ एउटा यस्तो समुन्द्र छ जहाँ कोही पनि चाहेर पनि डुब्न सक्दैन । पौडिन नजान्दा पनि यो समुन्द्रमा डुब्न सकिँदैन।

चाहेर पनि यो समुन्द्रमा डुब्न सकिँदैन

हामी जोर्डन र इजरायलको बीचमा रहेको मृत सागरको बारेमा कुरा गर्दैछौं। यो समुन्द्रमा विश्वका सबै समुन्द्र भन्दा धेरै नुन छ । चाहेर पनि यो सागरमा डुब्न सकिँदैन। वास्तवमा यहाँ नुनको मात्रा यति धेरै छ कि अन्य समुन्द्रको तुलनामा यहाँ ६ देखि ७ गुणा बढी नुन पाइन्छ । पानीमा धेरै नुन भएकाले यहाँ कोही डुब्दैन । यसमा पानीको बहाव तलदेखि माथिसम्म हुन्छ र त्यही भएर सोझै सुतेर यो समुन्द्रमा डुब्न सकिँदैन । यहाँ सधैँ पर्यटकको भीड हुन्छ ।

जसका कारण डेड सी नाम राखिएको हो

यस समुन्द्रको पानी यति नुनिलो छ कि यहाँ न त कुनै रुख–बिरुवा छ न घाँस। यस समुन्द्रमा माछा र अन्य जीव पनि पाइँदैन । यस कारण ग्रीक लेखकले यसलाई मृत सागर नाम दिए। यसलाई अन्य धेरै नामले बोलाइन्छ। हिब्रुमा यसलाई नुनको सागर भनिन्छ। यद्यपि यसलाई धेरै नामले चिनिन्छ, तर आज पनि यसलाई डेड सीको नामले चिनिन्छ।

खनिज स्वास्थ्यका लागि फाइदाजनक हुन्छ

तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि मानिसहरू यहाँ रमाइलोको लागि मात्र नभई यस समुद्रमा रहेको खनिजहरूको स्वास्थ्यका लागि पनि आउँछन्। यो समुद्र प्रकृतिको उपहार हो जुन हजारौँ वर्षको प्रयास पछि बनेको हो। यी गुणहरूको कारण, यसलाई २००७ मा विश्वको ७ नयाँ आश्चर्यहरूको सूचीमा समावेश गरिएको थियो।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
एउटा रहस्यमय रुख



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested