मनमोहक नारच्याङ झरना (भिडियो पनि)
पहाडको टुप्पोबाट भिर पहरा छिचोल्दै छङछङ बग्ने चिसो पानीको वेगसँग माथिबाट तलतिर झरिरहने बादलको एक टुक्रा जस्तै देखिने पानीको फोहोरा । अग्लो पहराबाट झर्ने झरनाको सङ्गीतमय आवाज । उछिट्टिएर शीतलता प्रदान गर्ने पानीको बाछिटा । निकै सुन्दर, आकर्षक अनि मनमोहक नारच्याङ झरना ।
बेनी–जोमसोम मोटर बाटो (काली गण्डकी कोरिडोर) अन्तर्गत काली गण्डकी नदीको पारीपट्टि नारच्याङ खण्डमा पर्ने यो झरना अत्यन्तै आकर्षक छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको नारच्याङ झरना कुमारी झरनाको रूपमा पनि परिचित छ । समुन्द्री सतहबाट एक हजार ४०० मिटरदेखि एक हजार ७०० मिटरको उचाइमा नारच्याङ झरना रहेको छ । झरनाको मात्रै उचाइ ३०० मिटरभन्दा बढी छ ।
प्राकृतिक रूपले मात्र नभई नारच्याङ झरनाले धार्मिक हिसाबले पनि निकै महत्त्व बोकेको छ । झरनाको तल फेदीमा भुमेथानको मन्दिर पनि छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप आकर्षण बढाएको छ । हरेक वर्षको जेठ वा असार महिनामा पूजाआजा हुँदै आइरहेको त्यस मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटको कामना पूरा हुने जनविश्वास रहिआएको छ ।
पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नकै लागि भए पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनी बजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ ।
भिडियो :
यो पनि…
मनै लोभ्याउने बराह ताल (भिडियो पनि)
रारा कि अप्सरा (भिडियो पनि)
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)
धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)