English

मनै लोभ्याउने बराह ताल (भिडियो पनि)



घना जंगल, चारैतिर हरियाली डाँडाको बीचमा सुन्दर ताल। ताल छेउछाउमा पातलो बस्ती, तालजस्तै निश्चल मन भएका मान्छे । तालजस्तै शान्त गाउँ । मौसम खुलेको समयमा हरेक बिहान तालमा चुरेन, पुतली, मानापाथी र धवलागिरि हिमालले पौडी खेल्छन्।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा अवस्थित निस्कोट सामुदायिक वनको पुछारमा रहेको बराह ताल करिब २ रोपनी क्षेत्रफलमा उत्तर पश्चिम भएर फैलिएको छ । क्षितिजमा धवलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिबिम्ब तालमा देख्दा यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ । गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर नहुने स्थानीयहरू बताउँछन् । यहाँ जंगलका पात पतिङ्गर परिहाले भने चराले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गरेको उनीहरूको भनाइ छ ।

समुन्द्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मानापाथी लगायतका आधा दर्जन भन्दा बढी हिमाल र मनोरम दृश्यहरूको प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिन्छ । रोमाञ्चक भू–बनोट, हरियाली र विविधतायुक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र बराह तालले अहिले पर्यटकहरूलाई पर्खिरहेको छ ।

निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ। मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतहरू सुन्न पाइन्छ। बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ।

पर्यटकीय महत्त्व बोकेको बराह ताल संरक्षणका लागि यसअघि साबिक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेरा बार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीसम्म पुग्न पदमार्ग निर्माण गरेको थियो । ताल पुरिएर साँघुरिएको छ । वरपरको जमिनलाई खनेर मूलको पानीलाई व्यवस्थापन गरेर ताललाई फराकिलो बनाउन सकियो भने बराह ताल सुन्दर पर्यटकीय स्थल बन्ने छ ।

बराह ताल पुग्नको लागि काठमाडौँबाट पोखरा हुँदै बेनी २८२ किलोमिटर, बेनीबाट दरबाङ २४ किलोमिटर। दरबाङबाट ९ किलोमिटरमा निस्कोट गाउँ पुग्न सकिन्छ । तालको किनारासम्म जिप पुग्छन्, यद्यपि दरबाङबाट करिब चार–पाँच घण्टाको पैदल यात्रामा पनि बराह ताल पुग्न सकिन्छ ।



भिडियो :

यो पनि…
रारा कि अप्सरा (भिडियो पनि)
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested