English

नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ



ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबारदेखि पाँच दिने ‘नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३’ सुरु भएको छ। नेपाल– बंगलादेशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्षमा दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा २० सदस्यीय नेपाली कलाकार टोलीलगायत चित्रकारहरू नगेन्द्र प्रसाद पौडेल, एससी सुमन, अनुराधा थापा, राम पुजन ठाकुर, उजय बज्राचार्य र फोटो पत्रकार विकास रौनियारको सहभागिता रहेको छ । नेपाल र बङ्गलादेशका चित्रकारहरूको बृहत् चित्रकला फोटोग्राफी प्रदर्शनीमा नेपाली चित्रकारका २६, फोटोग्राफरको ७, र बङ्गलादेशका चित्रकारका ३०, फोटोग्राफरका २० गरी सय थान भन्दा बढीको कलाकृति प्रदर्शनमा राखिएको छ ।

कूटनीति र विदेश नीतिलाई समानार्थी वा पर्यायवाची शब्दको रूपमा पनि प्रयोग गरेको पाइन्छ, तर कूटनीति र विदेश नीतिकाबीच केही मात्रामा भिन्नता रहेको छ । एक राष्ट्रले अर्को राष्ट्रप्रति देखाउने सद्भाव, व्यवहार र दृष्टिकोणका सम्बन्धमा अपनाइने नीति विदेश नीति हो भने कुनै पनि राष्ट्रले अपनाउने समग्र व्यवहार र नीतिगत कार्यान्वयनको तरिका कूटनीति हो । त्यसैले कूटनीति विदेश नीति होइन, विदेश नीति कार्यान्वयन गर्ने साधन हो । अथवा कूटनीति सिद्धान्त होइन, बरु विदेश नीति अनुसार अन्य राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाहरूसँग गरिने व्यवहार हो । जसका माध्यमबाट विदेश नीतिले निर्धारण गरेको लक्ष्यप्राप्त गर्न सकिन्छ । तसर्थ कूटनीतिले विदेश नीतिको लागि मेरुदण्डको भूमिका खेलेको हुन्छ ।

हरेक राष्ट्रले आफ्नो भौगोलिक अवस्थिति, देशभित्रको राजनीति र राष्ट्रको लक्ष्यको सापेक्षतामा विदेश नीति निर्धारण गर्दछ । विदेश नीति राष्ट्र–राज्यको हातमा रहेको यस्तो साधन हो, जसको प्रयोगबाट अन्य देश वा अन्तर्राष्ट्रिय प्रणालीको स्वभावलाई आफ्नो सोच अनुकूल परिवर्तन गराउन सकिन्छ । निर्धारित नीति कार्यान्वयन वा व्यवहारिक प्रयोग कूटनीतिका माध्यमबाट गरिन्छ ।

संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेर दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई व्यावहारिक रूपमा बढाउन सकिन्छ । दुई देशका कलाकार, साहित्यकार र सांस्कृतिक कार्यकर्ताको पारस्परिक भ्रमण बढाएर दुई देशबीचको सांस्कृतिक आदानप्रदानले नयाँ आयाम प्राप्त गर्नेछ । दुई देशबीच कला, संस्कृति र साहित्यको आदानप्रदान गर्ने उद्देश्यले सन् २०१६ मा बंगलादेश नेपाल मैत्री समाजको स्थापना भएको हो । स्थापनाकालदेखि नै यस संस्थाले दुई देशबीचको साहित्य र संस्कृतिको आदानप्रदानमा काम गर्दै आएको छ । विशेष गरी दुई देशका साहित्यिक कृतिको अनुवाद, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम उल्लेखनीय छन् ।

यो पनि…
कुटनीतिमा २०७८ लाई फर्केर हेर्दा
आज विश्व सिमसार दिवस : यसकारण जोगिनुपर्छ सिमसार (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested