बढ्यो सुनको मूल्य
बिहीबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ।
बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात