English

तीन महिनापछि सेयर बजार पुनः २ हजार मुनि



तीन महिनापछि सेयर बजार दुई हजारको विन्दुमुनि आइपुगेको छ। बुधबार नेप्से परिसूचक १,९९५.४९ विन्दुमा आइपुगेको छ। २४.४४ अंकले घटेर बजार बन्द भएको हो। तीन महिनापछि नेप्से पुनः दुई हजार विन्दु मुनि आएको हो। मंसिर २२ यता नेप्से दुई हजार विन्दु माथि नै रहिरहेको थियो।

आज एक अर्ब २८ करोड रूपैयाँको कारोबार भएको हो। मंगलबारको तुलनामा कारोबार रकम ७.२४ प्रतिशतले घटेको हो। बोटलर्स नेपाल (तराईं)को मूल्य सबैभन्दा धेरै ९.६१ प्रतिशतले घटेर १२ हजार पाँच सय ६४ रूपैयाँमा कारोबार भइरहेको छ। आर्दश लघुवित्त वित्तीय संस्थाको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेर १६ सय ६३ रूपैयाँमा कारोबार भइरहेको छ।

सबैभन्दा धेरै कारोबार हुनेमा माथिल्लो तामाकोशी र शिवम सिमेन्ट्स छन्। यिनको क्रमशः आठ करोड ७२ लाख र आठ करोड ४० लाख रूपैयाँको सेयर किनबेच भएको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested