English

निषेधाज्ञामा खाद्य कम्पनीका चार बिक्री केन्द्र खुला, निःशुल्क होम डेलिभरी



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञा अवधिभर उपत्यकाका चार स्थानबाट खाद्य सामाग्री विक्री वितरण गर्ने भएको छ । निषेधाज्ञाका कारण व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न सक्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले सुर्यविनायक, नख्खु, थापाथली र रामशाहपथबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको हो ।

केन्द्रबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु लगायतका खाद्य सामाग्री बिक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

सामाग्री किनमेल गर्न चाहनेहरुका लागि निःशुल्क होम डेलिभरी सेवाको पनि व्यवस्था गरिएको छ । कम्पनीको अनलाइन पोर्टल नेपाल फुडमार्फत चक्रपथ भित्र र सस्तो डिलमार्फत उपत्यका भरी निःशुल्क उपभोक्ताको घर दैलोमा होम डेलिभरी सेवा सञ्चालन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कहाँ कति बजेसम्म खुल्छन् बिक्री केन्द्र ?

थापाथली बिक्री केन्द्र बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला रहने छ । यस्तै, नख्खुमा बिहान ७ बजेदेखि ५ बजेसम्म, रामशाहपथमा बिहान ७ देखि ११ बजेसम्म र सुर्यविनायकमा बिहान ७ देखि ११ बजेसम्म खुला रहने कम्पनीले जनाएको छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०