English

‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेदेखि



अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता नेपाल भने नयाँ स्वरूपमा देखिने जनाइएको छ ।

दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की हुनेछिन् । यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने भएको छ ।

की–इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि प्रसारण हुने भएको छ । प्रत्येक साता विहिबार राती ९ बजे जितु नेपाल, प्रियंकासहित दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटा लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिने भएका छन् । कार्यक्रम संयोजकमा सुमन गिरी भान्जा छन् ।

निर्देशक डीसीले नयाँ मिडिया र आधुनिक दर्शकलाई समेत लक्षित गरि कार्यक्रम बनाउन लागिएको बताए । अभिनेत्री कार्कीले आफू पहिलेदेखि नै यो शोको फ्यान रहेको बताउँदै नयाँ स्टुडेन्ट भर्ती भएर आएजस्तो महसुस भएको बताइन् । सबै उमेर समूहका दर्शकलाई लक्षित गरि पारिवारिक शो बनाउन लागिएको जानकारी नेपालले दिए । ५२ एपिसोड प्रसारण गर्ने तयारी छ ।

यो शोपछि नेपाल र डीसीले फिचर फिल्ममा सहकार्य गर्नेछन् । जितुको अभिनय रहने आगामी फिल्मलाई डीसीले निर्देशन गर्ने तयारी छ जसको छायांकन जेठदेखि सुरु हुँदैछ ।

यो पनि…
हास्यकलाकार जितु नेपालको नजरमा पढ्नै पर्ने ४ पुस्तक
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested