English

घट्यो सुन–चाँदीको मूल्य



शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो