English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५५ पैसा घटेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ २४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २८ पैसा र बिक्रीमा ४३० रुपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

काठमाडौं, भदौ १९ : केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

काठमाडौं, भाद्र १५, २०८२ :NIMB Ace Capital Limited ले Pioneer Law Associates र ICRA Nepal Limited सँगको सहकार्यमा २९ अगस्त

Latest










Popular
Suggested