English

टमाटर खानुको बेफाइदा पनि छन्



शरीर र दिमागलाई स्वस्थ राख्न प्रकृतिले फलफूल, तरकारी, मसला र औषधीय गुणहरू प्रदान गरेको छ। शरीरका विभिन्न समस्याका लागि उपयोगी प्राकृतिक खाद्यपदार्थ अमृत जस्तै हुन्छन् । यी खानेकुरा उपयोगी छन्, यसको प्रमाण पुरातन आयुर्वेदिक र ग्रीक ग्रन्थहरूमा मात्र पाइँदैन, आधुनिक चिकित्सा विज्ञानले पनि यिनीहरूको गुणको वर्णन गरेको छ। फलफूल, तरकारी, सुख्खा फलफूल, मसला र दूध–दही आदि शरीरका लागि आवश्यक भिटामिन, मिनरल्स र कार्बोहाइड्रेटको भण्डार हुने कुरा धेरै वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ । प्राकृतिक खानेकुराले शरीरलाई स्वस्थ बनाउँछ ।

टमाटरलाई यी औषधीय गुण भएका फलफूल र तरकारीको श्रेणीमा समावेश गरिएको छ। टमाटर खानुका धेरै फाइदाहरू छन् तर कुनै पनि चिजलाई सही तरिकाले र मात्रामा सेवन गरिएन भने त्यो हानिकारक पनि हुन सक्छ । यस्तो अवस्थामा टमाटरका स्वास्थ्य लाभका साथै स्वास्थ्यमा हुने हानिबारे जान्नुहोस् ।

टमाटरमा पाइने पोषक तत्त्व

टमाटरमा भिटामिन ए, भिटामिन सी र भिटामिन के राम्रो मात्रामा पाइन्छ । यसबाहेक टमाटरमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, कपर र नियासिन जस्ता पोषक तत्त्वहरू पनि पाइन्छ। सबैभन्दा राम्रो पक्ष यो हो कि टमाटरमा सोडियम, कोलेस्ट्रोल र क्यालोरी धेरै कम हुन्छ।

टमाटर खानुका फाइदाहरू

तौल घटाउँछ

टमाटरको सेवनले तौल घटाउन मद्दत गर्छ । टमाटरमा फाइबर गुण हुन्छ, जसले आन्द्रालाई स्वस्थ राख्छ। यसका साथै सलादमा टमाटर खाएर र सुप, जुस पिएर तौल घटाउन सकिन्छ ।

आँखाका लागि फाइदाजनक

टमाटरमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ । भिटामिन र मिनरल्सको गुणका कारण टमाटरको सेवनले आँखालाई स्वस्थ राख्छ ।

इम्युनिटी पावर बढाउँछ

कोभिड–१९ को समयदेखि नै मानिसले आफ्नो रोग प्रतिरोधी क्षमता बढाउन खानामा पौष्टिक वस्तुको सेवन गरिरहेका छन् । यस अवस्थामा, तपाईँ आफ्नो आहार योजनामा टमाटर समावेश गर्न सक्नुहुन्छ। टमाटरमा भिटामिन सी, एन्टिअक्सिडेन्ट, लाइकोपीन र बिटा क्यारोटिन जस्ता तत्त्वहरू पाइन्छ, जुन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ। टमाटरले रुघाखोकी र फ्लु जस्ता सङ्क्रमणबाट पनि बचाउने काम गर्छ ।

टमाटर सेवन गर्दा हुने बेफाइदाहरू

मिर्गौलाको पत्थरीको समस्या

मिर्गौला सम्बन्धी रोग छ भने खानपानमा विशेष ध्यान दिनुहोस् । अनुसन्धानका अनुसार टमाटरको अत्यधिक सेवनले मिर्गौलामा पत्थरी हुने खतरा बढाउँछ । टमाटरमा पाइने क्याल्सियम अक्सालेट मिर्गौलाका लागि हानिकारक हुन सक्छ । जसका कारण पत्थरी हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा मिर्गौलामा पत्थरीको लक्षण देखिएमा टमाटरको सेवन नगर्नुहोस् ।

झाडापखाला

जसलाई झाडापखालाको समस्या छ, उनीहरूले टमाटरको सेवन गर्नु हुँदैन । ढिलो गति वा झाडापखालाको अवस्थामा धेरै टमाटरको सेवनले असुविधा बढाउन सक्छ। टमाटरमा साल्मोनेला नामक ब्याक्टेरिया पाइन्छ, जसले पखाला बढाउने काम गर्छ ।

एसिडिटी

टमाटरमा एसिडिटी धेरै पाइन्छ। त्यसैले टमाटरको अत्यधिक सेवनले एसिडिटीको समस्या निम्त्याउन सक्छ । कतिपयले टमाटर खाएपछि छातीमा जलन हुने पनि गुनासो गर्छन् ।

यो पनि…
उल्टो हिँड्दा हुने फाइदा
रुघाखोकीमा यी फलफूल फाइदाजनक



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली