English

सेयर बजारमा उत्साह कायमै



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १७.२६ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.८५ अंकले बढेर २०४६.२६ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ पुगेको छ। आज २६१ वटा धितोपत्रको १ करोड ८ लाख ८० हजार ५९०४ कित्ता सेयर किनबेच भएको छ।

आइतबार श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १ हजार ९४१ रुपैयाँ ६० पैसा कायम भएको छ। यस्तै, खप्तड लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ९५९ रुपैयाँ ८० पैसा र १ हजार १५० रुपैयाँ २० पैसा कायम भएको छ।

यसैगरी, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाई मूल्य ५.५७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३० पैसामा झरेको छ।

त्यस्तै, ८.५५ नेपाल बैंक डिवेञ्चर २०८७ को मूल्य ३.९२ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७८० रुपैयाँ कायम भएको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। आज उक्त कम्पनीको ८५४ रुपैयाँ ५० पैसामा २२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा १.३६ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूर सञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९२२ रुपैयाँमा १९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक ०.०६ र ०.१९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

आज जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक १.९५ प्रतिशत, अन्य समूहको परिसूचक १.६४ प्रतिशत र लगानी समूहको परिसूचक १ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा