English

‘मर्यादित महिनावारी र रजनोबृत्ती जीवनको महत्त्वपूर्ण विषय हुन्’



मदन पुरस्कार विजेता लेखक एवं मर्यादित महिनावारी सामाजिक अभियन्ता राधा पौडेलको किशोर उपन्यास ‘मरियम मान्छे भई’ बजारमा आएको छ । साङ्ग्रिला प्रकाशनद्वारा बजारमा आएको उपन्यास ‘मरियम मान्छे भई’ एक मुस्लिम युवतिको कथा हो ।

निम्न मध्यम वर्गीय नेपाली समाजमा छोरीहरूले गर्नुपर्ने सङ्घर्ष, भोग्नुपर्ने पीडा उपन्यासको मूल विषय रहेको छ । उपन्यासमा मासिक रजस्वलाका कारण उसले नियमित रूपमा खुम्चनुपरेको कथा साथै प्रकृतिले पुरुष भन्दा भिन्न बनाइदिएका कारण मान्छे हुन नपाएको वृत्तान्त समावेश गरिएको छ । यहाँ मरियमको व्यथा मात्रै नभएर मान्छे बन्नका लागि उसले गरेका विद्रोहको फेहरिस्त पनि छ । पुस्तकको लेखिका राधा पौडेल भन्छिन् ‘मरियम मात्रै हैन, तपाईँ हाम्रा पुस्ता–दर पुस्तालाई मान्छे भएर बाँच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल साबित हुने अपेक्षा गरेको छु !’

मर्यादित महिनावारी र रजनोबृत्ती हाम्रो जीवनको अत्यन्त महत्त्वपूर्ण विषय हुन तर यसबारे कहिल्यै खुलेर कसैले कुरै गरेनन्, त्यसैले आउनोस् अब हरेक घर परिवारमा यसबारे खुलेर कुरा गरौँ ! महिनावारीको रगत नितान्त शुद्ध रगत भएकाले सो भएका बेला छोरीहरू अपवित्र हुन्छन् भन्ने रुढीवादी संस्कार र भ्रमबाट मुक्त होऔँ ।

नेपालमा किशोर लक्षित पठन सामाग्री अत्यन्त कम रहेको छ । किशोर बयका पाठकबर्गलाई लक्षित गरी उनीहरूकै मनोभावनामा आधारित पुस्तक प्रकाशन गर्ने लक्ष्य अनुरूप यो पुस्तक प्रकाशन गरिएको उनले बताइन् । यस अघि साङ्ग्रिला बुक प्रकाशनबाटै राधाको बाल्यकालीन संस्मरण ‘रोल नं १’ र अङ्ग्रेजी भाषामा प्रकाशित DIGNIFIED MANOPAUSE को अनूदित पुस्तक ‘सर्जिकल रजनोबृत्ती’ पनि प्रकाशित भैसकेको छ ।

त्यस बाहेक उनको ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ नामक हाते पुस्तक, नितान्त महिनावारी बारे ‘अपवित्र रगत’, ‘शान्तिका पाइलाहरू’ – कविता सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

त्यस्तै नेपालयद्वारा प्रकाशित उनको पहिलो कृती ‘खलङ्गामा हमला’ले २०१४ को मदन पुरस्कार प्राप्त गरेको थियो । सो पुस्तक नेपाली र अङ्ग्रेजी (JUMLA – A NURSE’S STORY) मा अनलाइन पनि उपलब्ध छ भने जर्मन भाषामा समेत अनुवाद भइसकेको छ ।

उनी राधा पौडेल फाउन्डेसन र न्यिदब Global South Coalition For Dignified Menstruation ( दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल) को संस्थापक अध्यक्ष हुन् । विगत ३ दशकदेखि उनले Radha paudel Foundation मार्फत नेपालका दूर दराजका गाउँ, तराई, पहाडदेखि सहर बजारसम्म महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम गरेकी छन् । उनकै पहलमा २०१७ मा नेपाल सरकारले महिनावारी भएका बेला कसैले कुनै प्रकारको विभेद, हेला होचो गरेमा कानूनी सजायको प्रावधान पनि तोकेको छ ।

महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रक्रिया हो, जसरी किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरूको जुँगाको रेखी बस्नु, आवाज घोर्लिनुलाई गर्वको रूपमा परिवार र समाजले सहज स्वीकार्छ, त्यसैगरि छोरी महिनावारी हुनुलाई उनको सम्पूर्णताको प्रतिकको रूपमा सेलिब्रेट गरौँ !

उनले करिब ६० जिल्ला, दर्जन भन्दा बढी देश भ्रमण, दर्जनौँ विश्व विद्यालयहरूमा गेस्ट लेक्चररको रूपमा मर्यादित महिनावारी र मर्यादित रजनोबृत्ती बारे अध्यापन गर्दछिन् । उनकै अगुवाइमा झन्डै ५० वटा देशमा चौँठो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईदैछ ।

उनी भन्छिन् ‘मर्यादित महिनावारी र रजनोबृत्ती हाम्रो जीवनको अत्यन्त महत्त्वपूर्ण विषय हुन तर यसबारे कहिल्यै खुलेर कसैले कुरै गरेनन्, त्यसैले आउनोस् अब हरेक घर परिवारमा यसबारे खुलेर कुरा गरौँ ! महिनावारीको रगत नितान्त शुद्ध रगत भएकाले सो भएका बेला छोरीहरू अपवित्र हुन्छन् भन्ने रुढीवादी संस्कार र भ्रमबाट मुक्त होऔँ । महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रक्रिया हो, जसरी किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरूको जुँगाको रेखी बस्नु, आवाज घोर्लिनुलाई गर्वको रूपमा परिवार र समाजले सहज स्वीकार्छ, त्यसैगरि छोरी महिनावारी हुनुलाई उनको सम्पूर्णताको प्रतिकको रूपमा सेलिब्रेट गरौँ ! न कि उनलाई अछुत झैँ व्यवहार गरी अलग राखौँ ।’

नेपालमा मात्रै नभएर विश्वमै मर्यादित महिनावारी बारे अभियान चलाउने साथै सो बारे पुस्तक लेख्ने राधा नै पहिलो व्यक्ति हुन् ।

यो पनि…
यात्राको तरङ्गमा तैरिँदा
त्यो सापटी दुई सय रुपैयाँ



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested