English

सार्वजनिक यातायातमा पालना भएन स्वास्थ्य मापदण्ड



कोरोना महामारी उत्कर्षमा छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउन लागि चेक जाँचमा कडाई गरेको छ । तैपनि सवारी चालक, सह–चालक र यात्रुले यसलाई गम्भिर रूपमा लिएको देखिँदैन ।

कतिपयले मास्क नलगाई हिँड्ने, मास्क खल्ती वा झोलामा बोक्ने, चिउँडोमा मास्क लगाउने, हातमा राख्ने गरेका छन् । शुक्रबार मेरोलाइफस्टाइल टिम छड्के जाँचमा निस्केको थियो । निकै भीडभाड हुने चाबहिल चोकमा सवारी साधनमा गरिएको जाँचमा सवारीका अधिकांश सह–चालकले मास्क चिउँडोमा लगाएका दृश्य देखिएको थियो ।

त्यसैगरी सवारी साधन भित्रको दृश्य पनि मास्क नलगाएको देखिएको थियो भने सवारी चालकहरुले पनि यसलाई प्रवाह गरेको देखिएको थिएन ।

मास्क लगाएका यात्रुलाई मात्र सवारीमा चढाउन र नलगाएका यात्रुलाई मास्क लगाउन दिएर सवारीमा चढाउन अनुरोध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ । यस बीचमा पनि अति आवश्यक कामबाहेक बाहिर ननिस्किन पनि आग्रह गरेको छ । काम विशेष बाहिर निस्किनेलाई र सार्वजनिक सवारी साधनमा यात्रा गर्नेलाई अनिवार्य मास्क प्रयोेग गर्न भनिएको छ । तर पालना भएको छैन ।

मास्क लगाएका यात्रुलाई मात्र सवारीमा चढाउन र नलगाएका यात्रुलाई मास्क लगाउन दिएर सवारीमा चढाउन अनुरोध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । यसका साथै सवारीमा क्षमताभन्दा बढी यात्रु राखेमा सो सवारीलाई कार्वाही गर्ने समेत उनले बताए । यातायातमा मास्क नलगाएका यात्रु आएमा चालक र सह–चालकले प्रति मास्क १० रुपैँयाको दरले मास्क लगाउन दिएर नै सवारीमा चढाउन दिने नियम रहेको उनले बताए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।