English

फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)



अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको गीतले एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा बोलेको छ ।

करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड छन् । करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा । हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको स्वर र सुरेश वाग्लेको शब्द रहेको छ । एकल महिलाको संवेदना, छटपटी र खुसीको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ । फिल्ममा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माताको रुपमा छन् ।

नीर शाह, बसुन्धरा भुसाल, सरोज खनाल समेत गीतमा चित्रण छन् । लिरिकल शैलीमा बनाइएको भिडियोले फिल्म ‘बगान’को कथावस्तु, पात्रको मनोदशा र द्वन्द्वलाई चित्रण गरेको छ ।

अभिनेताको रुपमा स्थापित सरोजले यही फिल्मबाट निर्देशन थालेका छन् । सुरेश वाग्ले निर्माता रहेको फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छैन ।

यो पनि…
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी
अभिनेत्री गौरी मल्लका फ्यान : जन्मदिनमा केक काट्नेदेखि सुटिङ भाड्नेसम्म



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested