अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न आदेश
जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले अपूर्वलाई साढे २ लाख धरौटीमा छाड्न आदेश गरेको हो । अपूर्वले धरौटी बुझाए आजै छुट्नेछन् ।
युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।