राइज मिडियाका निर्देशकद्वय ‘जनसेवाश्री’ बाट सम्मानित
राइज मिडिया नेटवर्कका निर्देशकद्वय निर्मल श्रेष्ठ र सुनिता दुलाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । सामाजिक अभियन्ता श्रेष्ठ र लोकदोहोरी गायिका दुलाललाई संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवाश्रीबाट विभूषित गरेकी हुन् ।
वि विल राइज फाउण्डेसनका संस्थापक निर्देशक श्रेष्ठ लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । उनी राइज मिडियाका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । डेढ दशक लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायिका दुलालका थुप्रै चर्चित गीतहरू छन् । लोक तथा तीज गीतमा विशेष पहिचान बनाएकी उनलाई ‘तीज क्विन’ को उपमा समेत दिइएको छ । वि विल राइज फाउन्डेसनकी निर्देशक समेत रहेकी उनी विभिन्न सामाजिक क्रियाकलापहरूमा समेत उक्तिकै सक्रिय छिन् ।
वि विल राइज २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यस वर्ष ९९८ जनालाई विभूषण प्रदान गरेकी छन् ।
यो पनि…
राइज मिडियाको दोस्रो पाइला
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित